Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्नेछु :अध्यक्ष घिमिरे

सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्नेछु :अध्यक्ष घिमिरे

  • ललितपुरर । गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराज (राज) घिमिरेले सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्ने बताउनुभएको छ। 
    वडा नं. ३ कार्यालय र पौडोलका तीन वटै गुठीको संयुक्त आयोजनामा भएको बृहत सोनाम ल्होछार कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष घिमिरेले जति विकास गरेपछि मानव संशाधनका साथै भाषा, कला र साहित्यको विकास नभएसम्म विकासले सार्थकता पाउँदैन भन्दै भौतिक विकास साथसाथै भाषा, कला, संस्कृति, भेषभुषा र साहित्य र,सभ्यताको विकासमा क्रियाशील हुने बताउनुभयो ।
    मलाई तामाङ समुदायको ल्होछार अत्यन्तै रमाइलो लाग्छ,तामाङ समुदायले मलाई माया गरेको छ, म मेरो अन्तिम सास रहेसम्म तामाङ समुदायको कला, भाषा, संस्कृतिको संरक्षण गर्नमा लागि रहने छु । अध्यक्ष घिमिरेले भन्नुभयो ।
    अध्यक्ष घिमिरेले देशकै उत्कृष्ट वडा बनाउने अभियान अन्तर्गत लागि परेको बताउँदै निर्वाचनमा आफूले प्रतिवद्धता गरेका भौतिक विकासका पचासी प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभयो ।
    ल्होछार मनाउँदै गर्दा तामाङ जातिको संस्कृतिलाई संरक्षण गर्ने मुख्य लक्ष्य मैले लिएको छु, हामीले हाम्रो हक अधिकार लिनेदिन काममा लाग्नुपर्छ, तपाईंहरुको हक अधिकारका लागि क्रियाशील हुँदै आएको छु उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij