Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवस : सुशासन पुरस्कारबाट सुदर्शन आचार्य,रमेश धमला,टपेन्द्र कार्की र नवराज मैनाली पुरस्कृत , अन्य को को भए पुरस्कृत ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवस : सुशासन पुरस्कारबाट सुदर्शन आचार्य,रमेश धमला,टपेन्द्र कार्की र नवराज मैनाली पुरस्कृत , अन्य को को भए पुरस्कृत ?

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा सुशासनको पक्षमा कलम चलाउने चारजना संचारकर्मीलाई पुरस्कृत र सम्मान गरिएको  छ । आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा स्तम्भकार तथा लेखक सुदर्शन आचार्य, कान्तिपुर टेलिभिजनका रमेश धमला, नागरिक दैनिकका वरिष्ठ संवाददाता टपेन्द्र कार्की र नयाँ पत्रिका दैनिकका नवराज मैनालीलाई भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा लेखमार्फत योगदान पुर्‍याएकोमा पुरस्कार प्रदान गरेको हो । 

    राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हल, नक्सालमा भएको उक्त कार्यक्रममा सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गरेका हुन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रेस र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई यस वर्षको सुशासन पुरस्कार प्रदान गरेको छ ।

    दिवसकै अवसरमा अख्तियारले उत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा दुई अधिकृत र एकजना अधिकृतलाई अख्तियार सेवा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षभरि भएका अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेबापत उपसचिव विष्णुराज बेलबासे र प्रहरी नायब उपरीक्षक (डिएसपी) कमलकुमार खड्कालाई उत्कृष्ट अनुसन्धान अधिकृत र नापी अधिकृत रुबिना शाहीलाई अख्तियार सेवा पुरस्कार प्रदान गरिएको हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij