Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

सिन्धु विकास बैंकको साधारण सभा फागुन २८ गते , ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

सिन्धु विकास बैंकको साधारण सभा फागुन २८ गते , ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले दुई आर्थिक वर्ष (आव)को १४औं र १५औं वार्षिक साधारण सभा फागुन २८ गते गर्ने भएको छ । माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल मिराबलमा बिहान ११ बजे साधारण सभा गर्ने जनाएको छ । 

    सभाले बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २:१ ९प्रत्येक २ शेयरमा १ हकप्रद शेयर० अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

    नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्तापूँजी रू. १ अर्ब २० करोड कायम गर्न हकप्रद विक्रीको प्रस्ताव गरेको जनाएको छ । हाल बैंकको चुक्तापूँजी रू. ५५ करोड ७४ लाख छ । 

    यस्तै सभाले यस सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij