Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

सरकारलाई संशोधित राजस्व संकलन लक्ष्य पाउन गाह्रो हुने देखियो

सरकारलाई संशोधित राजस्व संकलन लक्ष्य पाउन गाह्रो हुने देखियो

  • काठमाडौँ । सरकारलाई सात महिनामा ६ महिनाको राजस्व संकलन भएको छैन् ।चालु आवमा सरकारले लिएको राजस्व संकलनको लक्ष्य अनुसार पुस मसान्तसम्म उठाउन पर्ने राजस्व माघ मसान्तसम्म उठन नसकेको देखिएको छ ।अर्थतन्त्रमा निक्कै सुधार गरेको दाबी गरिरहेको सरकारका  अर्थमन्त्री विष्णु पौडेलले  राजस्वको संशोधित लक्ष्य समेत पूरा गर्न नसक्ने स्थितिमा पुगेको देखिएको हो ।

    सात महिनामा जम्मा ६ खर्ब ४२ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठेको छ ।  यो रकम पुससम्मको लक्ष्यभन्दा पनि कम हो।पुस मसान्तसम्म ६ खर्ब ७२ अर्ब ८० करोड रुपैयाँ राजस्व उठाउनुपर्ने लक्ष्य लिइएको थियो। तर माघमा ८३ अर्ब रुपैयाँ थपिएर पनि पुसको लक्ष्य पाउन नसकिएको अवस्था छ ।

    अर्थमन्त्री पौडेलले माघ २४ गते मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाए । संशोधनमार्फत राजस्वको आकार १ खर्ब ३३ अर्ब रुपैयाँ घटाएर १२ खर्ब ८६ अर्ब रुपैयाँमा झारियो ।संशोधित लक्ष्य पूरा गर्न सरकारले पाँच महिनामा ६ खर्ब ४४ अर्ब अर्थात हरेक महिना १ खर्ब २८ अर्ब ८० करोड रुपैयाँका दरले राजस्व उठाउनुपर्ने देखिन्छ । माघको असुलीबाट त्यो लक्ष्य पनि पूरा हुने देखिएको छैन् ।

    राजस्व संकलनदेखि अनुदान प्राप्तिको लक्ष्यमा चुक्दा सरकार ९५ अर्ब रुपैयाँले घाटाको अवस्थामा छ। सरकारले यो वर्ष ४५ अर्ब अनुदान प्राप्तिको लक्ष्य लिएकामा सात महिनामा जम्मा १६.८७ प्रतिशत अर्थात ८ अर्ब ८२ करोड रुपैयाँ प्राप्त गरेको  छ।सरकारले सबै शीर्षकमा ६ खर्ब ५९ अर्ब ७३ करोड रुपैयाँ प्राप्त गरेकामा ७ खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ।

    राजस्व संकलनको लक्ष्य पूरा गर्न अर्थमन्त्री पौडेलले कर्मचारी हेरफेरको उपाय अपाएका छन् ।मन्त्री पौडेलले अर्थ सचिव तथा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक परिवर्तन गर्न लगाएका छन् ।संशोधित लक्ष्य पाउन माघको राजस्व उठतीलाई हेरेर पौडेललाई थप चिन्तित बनाएको पर्यवेक्षकहरूको भनाइ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij