Logo

May 17 2025 | २०८२, जेठ ३गते

May 17 2025 | २०८२, जेठ ३गते

images

जनसवाल रास्ट्रीय दैनिक र काठमाडौ जेसीजबिचको सहकार्यमा युवा लक्षित उद्दमशिलता विकास कार्यक्रमहरु गरिने ,अध्यक्ष बगाले र घिमिरेबिच सम्झौतामा

जनसवाल रास्ट्रीय दैनिक र काठमाडौ जेसीजबिचको सहकार्यमा युवा लक्षित उद्दमशिलता विकास कार्यक्रमहरु गरिने ,अध्यक्ष बगाले र घिमिरेबिच सम्झौतामा

  • काठमाडौं  । युवाहरूको नेतृत्वसहित व्यक्तित्व र उद्दमशिलता विकासमा काम गर्दै आइरहेको काठमाडौ जेसीज र  जनसवाल रास्ट्रीय दैनिक बीच युवाहरूको क्षमता अभिवृद्धि गर्नेलगाएतका बिबिध विषयमा सहकार्य गरिएको छ । बुधबार दरवारमार्गस्थित जनसवाल रास्ट्रीय दैनिकको मुख्य कार्यालयमा आयोजित एक समारोहमा सहकार्य साझेदारी सम्झौता गरिएको हो ।

    सम्झौतापत्रमा जनसवाल रास्ट्रीय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले र काठमाडौ  जेसीजको अध्यक्ष श्याम घिमिरेले हस्ताक्षर गरेका थिए । सम्झौता समारोहमा काठमाडौ जेसीजका महासचिव नबराज भन्डारी,जनसवाल रास्ट्रीय दैनिकका नमराज सापकोटा सहितको सहभागिता रहेको थियो ।

    ‘युवासँग सहकार्य गरेर पछिल्लो समय जनसवाल रास्ट्रीय दैनिकले धेरै राम्रो काम गरिरहेकोले जनसवाल रास्ट्रीय दैनिकसङ्ग सहकार्य गरेको काठमाडौ  जेसीजका अध्यक्ष श्याम घिमिरेले बताए । उनले काठमाडौ जेसीज पनि युवाहरूकै संस्था भएको र बिगत ५५ वर्षको गर्बिलो ईतिहास बोकेको संस्था हुनाले उनीहरूका लागि नै काम गरिरहेको जनसवाल रास्ट्रीय दैनिकसँग सहकार्य गरेको बताए । काठमाडौ   जेसीजमा हाल सयौं  युवाहरू सदस्य रहेका छन् ।
    युवाहरूसँग सहकार्य गरेर मिडिया हाउसका रूपमा हामीले विविध विधामा काम गरिरहेका युवालाई मिडियासँग जोड्न काठमाडौ  जेसीजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको जनसवाल रास्ट्रीय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले बताए । उनले यो अभियानलाई नेपाल बाहिर रहेका लाखौ नेपालीमाझ पनि लैजाने बताए ।
    काठमाडौ जेसिजका  महासचिव भन्डारीले युवाहरुलाई ब्याबसायी मैत्री बनाउन र नेपालमै युवाहरुलाई  रोजगारी दिलाउदै बिदेश पलायन हुन बाट रोक्न आफुले पहल गरेको बताए ।
    सन १९७० मा काठमाडौं महानगरपालिकामा स्थापित काठमाडौं जेसिज युवाहरूमा नेतृत्व, व्यक्तित्व र उद्यमशिलता विकासका निम्ति स्थापित विश्वव्यापी संस्था  junior chamber international(jci) अन्तर्गत नेपाल जेसिज मातहतको सबै भन्दा पुरानो र महवपूर्ण शाखा हो । १८ वर्षदेखि ४० वर्ष सम्मका युवाहरूको सक्रिय सहभागिता रहेको काठमाडौं जेसिजमा अहिले सयौं युवा सदस्यहरू क्रियाशिल रहेका छन्।
     जेसिजले“शासन व्यक्तिको होइन विधिको हुनु पर्छ”, “मानवताको सेवा जीवनको सर्वोत्तम    कार्य हो” भन्ने आस्थामा विश्वास गर्ने युवाहरूमा सकारात्मक सोच, गतिशिल नेतृत्वका साथै समग्र समाज तथा राष्ट्रको विकासको निम्ति विभिन्न चेतनामुलक एवम् सामाजिक कार्यहरु गर्दै आइरहेका छन्।
    ५५ औ वर्षको गर्विलो इतिहास बोक्न सफल काठमाडौं जेसिज जिम्मेवार वर्तमान र सुनौलो भबिस्य प्रती युवाहरू लाई जागरुक गर्दै व्यक्तिगत, सामाजिक, र आर्थिक रुपान्तरणमा सहयोगी सस्थाको रुपमा भूमिका निर्वाह गर्दै आईरहेको यहाहरुमा जगजाहेर छ । 
    संचार माध्यमको महत्वपुर्ण भुमिको रहेकोले यसै सन्दर्भमा आम संचार माध्यमको अग्रणी भुमिकामा रहेको नेपालको राष्ट्रिय दैनिक जनसवाल राष्ट्रिय दैनिकसंग सहकार्य गर्ने हाम्रो तिब्र इच्छा भएको हुदा र त्यस संस्थाका अध्यक्ष ज्यूले सहमति दिनु भएको कारण हामी युवाहरुको क्षेत्रमा सशक्त भुमिकाले काम गर्ने प्रतिबद्वता सहित यो दुबै पक्षको सहमतिमा यो सहमति पत्र काठमाडौ जेसिसको लेटर प्याडमा बनाई लियौ दियौ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij