Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकप्टर सेवा शुक्रबारदेखि फेरि सुरु हुँदै

खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकप्टर सेवा शुक्रबारदेखि फेरि सुरु हुँदै

  • काठमाडौँ । खुम्बु क्षेत्रमा रोकिएको हेलिकप्टर सेवा फेरि सुरु हुने भएको छ । हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरुले खुम्बु क्षेत्रमा शुक्रबारबाट हेलिकप्टर सेवा सुरु गर्न लागेका हुन् ।सेवा प्रदायकहरूका अनुसार माउन्टेन फ्लाइटका अलावा अरु व्यावसायिक उडान पनि गरिने छ ।खुम्बु क्षेत्रमा खुम्बु पासाङल्हामु गाउँपालिकाको अवरोधका कारण पुस २३ देखि रोकिएका सबै किसिमका व्यावसायिक उडान शुक्रबारबाट फेरि सुरु हुन लागेको हो ।

    वायुसेवा संचालक संघ नेपालका अध्यक्ष मनोज कार्कीले जानकारी दिए अनुसार  यसका लागि हेलिकोप्टर कम्पनीहरुले बुकिङ लिइसकेका छन्।बुकिङ लिइसकेकोले  भोलिदेखि खुम्बु क्षेत्रमा सबै किसिमका व्यावसायिक उडान हुने कार्कीको विश्वास छ ।हेलिकोप्टर कम्पनीहरुले खुम्बु क्षेत्रमा माउन्टेन फ्लाइट भने माघ २९ बाट गर्न थालिसकेका छन्।

    खुम्बु क्षेत्रको मानव वस्तीमा ध्वनि प्रदूषण भएको, आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावना रहेको र खुम्बु क्षेत्रको व्यापार व्यवसायमा नकारात्मक असर परेको कारण देखाउँदै स्थानीय तहकै अगुवाइमा पुस २३ देखि हेलिकप्टर उडानमा अवरोध गरिएको थियो। 

    वायुसेवा संचालक संघ नेपाल, नेपाल उद्योग परिसंघ, एक्सपिडियसन अपरेटर्स एसोसियसन नेपाल, ट्रेकिङ्ग एजेन्सिज एसोसियन अफ नेपाल, होटल संघ नेपाल, नेपाल पर्वतारोहण संघ र नेपाल एसोसियन टुर एण्ड ट्राभल एजेण्टसले उडानमा अवरोध नगर्न खुम्बु गाउँपालिकासँग आग्रह गरेका छन्।उनीहरुले संयुक्त प्रेस वक्तव्य जारी गरी अवरोध कायम राखे अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुनुका साथै पर्यटन उद्योग नै धरासायी हुनेतर्फ सचेत गराएका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij