
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सो अवधिमा ६२ दशमलव ९८ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ७ करोड ९ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू। २ करोड ६३ लाखमा झरेको छ । चालू आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि भएकाले नाफा घटेको हो ।
गत आवमा कम्पनीको वित्तीय खर्च रू. १६ लाख ८५ हजार रहेकोमा चालू आवमा बढेर रू। ६ करोड ३७ लाख पुगेको छ ।
दोस्रो त्रैमाससम्मा कम्पनी विद्युत विक्री बापत रू. ११ करोड २६ लाख आम्दानी गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij