Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images
प्रजातन्त्र दिवस

बिरामीलाई फलफूल वितरण

बिरामीलाई फलफूल वितरण

  • मलङ्गवा (सर्लाही)। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंहको नेतृत्वमा बिरामीलाई फलफूल वितरण गरिएको हो ।

    संयोजक सिंहसँगै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्रकुमार महतोलगायतले प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुभएको हो ।

    जिल्लामा प्रजातन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय भएको छ । दिवसको मुख्य दिन बुधबार सदरमुकाम मलङ्गवामा प्रभातफेरी, झण्डोत्तोलन तथा मञ्चको कार्यक्रम, रक्तदान र जनप्रतिनिधि तथा कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij