Logo

Feb 21 2025 | २०८१, फागुन ९गते

Feb 21 2025 | २०८१, फागुन ९गते

images
निगरानी

इलेक्ट्रोनिक्स चुरोट(भेप)को अनुसन्धान टुंग्याउँदै राजस्व अनुसन्धान विभाग, घ्याचो गुरुङ र टासी नोर्गु गुरुङबाट  ४ करोड ६६ लाख  धरौटी माग गरिँदै

इलेक्ट्रोनिक्स चुरोट(भेप)को अनुसन्धान टुंग्याउँदै राजस्व अनुसन्धान विभाग, घ्याचो गुरुङ र टासी नोर्गु गुरुङबाट  ४ करोड ६६ लाख  धरौटी माग गरिँदै

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरेको इलेक्ट्रोनिक्स चुरोट( भेप)को अनुसन्धान टुंग्याउँदै छ । राजस्व अनुसन्धान विभागले विभिन्न समयमा प्रहरी र विभाग स्वयंले पटक पटक बरामद गरेको इलेक्ट्रोनिक्स भेपको अनुसन्धान टुंग्याउन लागेको हो ।

    सशस्त्र प्रहरीले  गत पुस १९ गते मुस्ताङबाट पक्राउ गरेर ल्याएको १९ हजार पिस भेपको अनुसन्धान  विभागले टुंग्याएको छ । सम्भवतः विभागले भोलि नै उच्च अदालत पाटनमा राजस्व चुहावटको मुद्दा लादैँ छ । चीनबाट घ्याचो  गुरुङ र टासी नोर्गु गुरुङले मुस्ताङहुँदै अन्य क्षेत्रमा  लाँदै गरेको भेप सशस्त्र प्रहरीले पुसको पहिलो साता पक्राउ गरेको थियो । गाडीसहित पक्राउ गरिएका उक्त भेपको मालिक घ्याचो  गुरुङ र टासी नोर्गु गुरुङलाई विभागले ४ करोड ६६ लाख धरौटी माग गर्ने बताइएको छ । साथै भेप र गाडी जफत हुने विभाग स्रोतले नयाँ सडकलाई बताएको छ । 

    यस्तै राजस्व अनुसन्धान विभागले पुसको दोस्रो हप्ता ललितपुरको इमाडोलमा रहेको एक फर्ममा छापा हानि पाँच सय १ कार्टुन ८६ हजार ४ सय पिस भेप बरामद गरेको थियो । उक्त भेपसहित पक्राउ परेका दुई जना अहिले पनि राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । उक्त भेपको वास्तविक मालिकसम्म पुग्न राजस्व अनुसन्धान विभाग लागि परेको छ । यद्यपि अहिलेसम्म राजस्व अनुसन्धान विभाग वास्तविक मालिकसम्म पुग्न सकेको छैन् । उक्त मुद्दा पनि टुंग्याउने मनस्थितिमा विभाग पुगेको स्रोतले बताएको छ । उक्त मुद्दामा विभागले झण्डै २१ करोड धरौटी माग गर्ने देखिन्छ । यता बुटवलमा पक्राउ परेको २,६३० पिस भेपको अनुसन्धान  राजस्व अनुसन्धान कार्यालय बुटवलले सकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij