Logo

Feb 22 2025 | २०८१, फागुन १०गते

Feb 22 2025 | २०८१, फागुन १०गते

images

राजस्व अनुसन्धान विभागद्वारा भेप प्रकरणमा घ्याचो गुरुङ विरुद्ध शतप्रतिशत बिगो जरिवाना गरी सवा ९ करोड बढीको मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा भेप प्रकरणमा घ्याचो गुरुङ विरुद्ध शतप्रतिशत बिगो जरिवाना गरी सवा ९ करोड बढीको मुद्दा दायर

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले इलेक्ट्रोनिक्स चुरोट (भेप)को अवैध ओसारपसार गरी राजस्व चुहावट कसुरमा घ्याचो गुरुङ विरुद्ध शतप्रतिशत बिगोको जरिवाना गरी सवा ९ करोड बढीको मुद्दा दायर गरेको छ ।
    राजस्व अनुसन्धान विभागले जारी गरेको विज्ञप्ति अनुसार भेप अनुसन्धान सम्पन्न गरी उच्च अदालत पाटनमा घ्याचो गुरुङ विरुद्ध ४ करोड ६६ लाख १२ हजार ४६ रुपैयाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना गरी फागुन ८ गते मुद्दा दायर गरेको जनाएको हो ।

    सोही मुद्दामा भन्सार कार्यालय मुस्ताङमा कार्यरत कार्यालय सहायक टासी नोर्गु गुरुङलाई प्रतिवादीलाई सहयोग गरेको कसुरमा मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय मागदाबी लिइएको  जनाइएको छ ।
    विभागकी प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ग १ ख ६९९९ नम्बरको ट्रक जफत गर्ने माग दाबी मुद्दामा लिइएको जनाइएको छ । 

    यो पनि पढ्नुहोस–

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij