Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ९ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ९ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन ९ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    नेपाल धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी

    काठमाडौँ। नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीका लागि लक्षित वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरिएको जनाएको छ । उक्त मार्गदर्शनमा नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएको सूचीकृत व्यक्ति, समूह वा सङ्गठन कारोबारमा भए÷नभएको एकिन गर्नुपर्नेछ ।

    केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’

    वीरगञ्ज । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी)मा ‘विटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’को छैटाँै सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार अझै पनि भुल्न नसकेको बताउनुभयो । 

     

     

    केआइआइटीमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फ्रेबुअरी १६ तारिख (फागुन ४ गते ) आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले नेपाली विद्यार्थीको मनोविज्ञान नराम्रोसँग प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो ।

    स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रुपमा भिडियो ब्रिफिङ गर्ने

    काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो एक बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

     

    आज मडिया ब्रिफिङका क्रममा उहाँले भन्नुभयो, “साताभरीका नीगितगत वा कार्यगत निर्णय, स्वास्थ्यसम्बन्धी महत्वूर्ण सूचना र जानकारी सर्वसाधारण र सरोकारवालालाई सहज रुपमा प्राप्त होस् भन्ने उद्देश्यले सुरु गर्न लागेका हौँ ।” यसअघि कोभिडका समयमा मन्त्रालयले नियमित भिडियो ब्रिफिङ गर्दै आएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिबाहेक सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरु दिँदै आएको छ ।

    आन्दोलनरत चिकित्सक सङ्घ र स्वास्थ्य मन्त्रालयबीच सहमति

    काठमाडौँ । चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सहमति भएको छ । आज भएको वार्तापछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नौ बुँदै सहमति भएको हो । 

     

     

    उक्त समहतिसँगै सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम आजैदेखि फिर्ता लिने र नियमित कार्यमा फर्किने सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपाल चिकित्सक सङ्घका प्रतिनिधि र मन्त्रालयका अधिकारीहरुबीच वार्ता भएको थियो । वार्ता पश्चात सहमति गर्दै मन्त्री पौडेलले मन्त्रालयका तर्फबाट भएका सहमति कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

    प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद्को मुद्दा लिएर जनतामा जाँदै माओवादी

    काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले यही फागुन १२ गतेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा लिएर जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । गत पुसमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयानुसार आगामी चैत ८ गतेसम्म हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सञ्चालन गर्न लागिएको माओवादीले जनाएको छ ।
     
    कोशी प्रदेशको झापाबाट सुरू हुने सो अभियान मोरङ र सुनसरी, मधेसको सर्लाही, रौतहट, बारा र पर्सा, बागमतीको चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर पुगेर सकिनेछ ।

    समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन

    काठमाडौँ ।  राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । 

     

     

    समितिकोे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकायरआयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) बारे छलफल गर्न आज बसेको बैठकले मन्त्रालयलको पूँजीगत खर्च कम भएको भन्दै खर्च बढाउन निर्देशन दिइएको हो ।

     

    समितिकी सभापति कमलादेवी पन्तले कानुन संशोधन गरेर भए दु्रत गतिमा काम गर्न र पूँजीगत खर्च बढाउन आवश्यक पहलअघि बढाउनका लागि मन्त्रीलाई निर्देशन दिनुभयो । “पूँजीगत खर्च बढाउनका साथै बेरूजु नआउने र परिणाम देखिनेगरी काम गर्नुस्”, उहाँले भन्नुभयो, “बरू कानुनी बाधा छन् भने फुकाउपर्छ । समन्वयन बढाएर नतिजा देखिनेगरी काम गर्नुस् ।”

    ‘महालेखापरीक्षकको प्रतिवेदन संसद्मा छलफल हुनुपर्छ’

    काठमाडौँ। सार्वजनिक निकायहरुको बेजुरु बर्सेनि बढ्न थालेपछि महालेखापरीक्षकको प्रतिवेदनले औँंल्याएका विषयमाथि संसद्मा छलफल गरिनुपर्ने धारणा सांसदहरुले राख्नुभएको छ । सङ्घीय संसद् सचिवालयले आज यहाँ आयोजना गरेको ‘महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र संसद्को भूमिका’ विषयक अन्तरक्रियामा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुले बेरुजु घटाउन संसद्को भूमिका बढाउनुपर्ने धारणा राख्नुभएको हो । छलफलका क्रममा सांसदहरुले महालेखापरीक्षकको प्रतिवेदन सार्वजनिक लेखा समितिमा मात्र नभई संसद्मै छलफल गरिनुपर्ने धारणा राख्नुभयो । सांसद श्रीकृष्ण प्रसाद अधिकारीले महालेखापरीक्षकको प्रतिवेदन संसदमा पनि छलफल गर्न आवश्यक रहेको बताउनुसभयो । त्यस्तै, वित्तीय अनुशासन कायम गर्नका लागि कर्मचारी र जनप्रतिनिधिको आचरणमा कसरी सुधार गर्ने भन्ने मुख्य प्रश्न रहेको उहाँले उल्लेख गर्नुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले लेखापरीक्षणका लागि जनशक्ति अपुग रहेका कारण कार्यसम्पादनमा समस्या रहेको विषय उठाउनुभयो । सांसद वीना लामाले सार्वजनिक लेखा समितिले आफ्नो काम प्रभावकारी ढङ्गले सम्पादन गर्न नसकेको टिप्पणी गर्नुभयो ।

    विद्युतीय सुशासनका लागि ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’

    काठमाडौँ । विद्युतीय शासनलाई शासकीय व्यवस्थामा नविनतम उपगमका रुपमा लिइन्छ । शासन व्यवस्थालाई निष्पक्ष, तटस्थ र पारदर्शी बनाउनुका साथै सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउनका लागि पनि विद्युतीय शासन अपरिहार्य बनेको छ । नेपालको शासकीय अभ्यासमा विद्युतीय उपकरणको उपयोग हुन थालेको करिब पाँच दशक भयो । नेपालको राष्ट्रिय जनगणना २०२८ मा पहिलो पटक आइबीएम १४०१ कम्युटरको प्रयोग भएको थियो । त्यसयता शासनमा कम्युटरीकृत प्रणालीको उपयोगले पारदर्शीता र कार्यकुशलता अभिवृद्धि गर्न सकिन्छ भन्ने तथ्य व्यवहारिक रुपमै स्थापित भइसकेको छ । पछिल्लो समय नेपालको सार्वजनिक प्रशासनमा विद्युतीय उपकरणहरुको प्रयोगले महत्व पनि पाउँदै गएको पाइन्छ । विद्युतीय शासनलाई बढावा दिनका लागि सरकारद्वारा गठित ‘ई–गभर्नेन्स बोर्ड’ले मुलुकको डिजिटल सेवा प्रणालीलाई प्रभावकारी बनाउन ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’को अवधारणा अघि सारेको छ । नागरिकलाई सार्वजनिक सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले उक्त अवधारणा अघि सारिएको बोर्डले जनाएको छ । हाल छुट्टाछुट्टै सरकारी सेवा लिन पटक–पटक व्यक्तिगत विवरण पेस गर्नुपर्ने बाध्यता हटाउन र सेवाप्रवाहलाई सरलीकरण गर्न उक्त अवधारणा अघि सारिएको हो ।

    नीतिगत सुधारले औपाचारिक बाटोबाट सुनको आयातमा वृद्धि

    काठमाडौँ । नीतिगतरूपमा भएको सुधार र तस्करी सञ्जालमाथि परेको प्रहारका कारण माघमा सुनको आयातमा वृद्धि भएको छ । पछिल्लो समय सुन तस्करीमा भएको कारबाही र सुनको भन्सार दर घटाउँदा सुनको आयातमा वृद्धि भएको भन्सार स्रोतको भनाइ रहेको छ ।

     

    माघमा सुनको आयातमा  अस्वाभाविक वृद्धिबारे सोधिएको प्रश्नको जवाफ दिँदै नाम नखुलाउने शर्तमा भन्सारका एक अधिकारीले नीतिगत सुधारले सुनको आयातमा वृद्धि भएको बताए ।विगतका महिनाहरूमा मासिक एक सय केजीको हाराहारीमा आयात हुने सुन माघ महिनामा मात्रै ३०१ केजी भित्रिएको देखिएको हो ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

    काठमाडौँ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ । बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्राडा ब्रह्मदेव झालाई मनोनयन गरेको छ ।

    कर्मचारीहरूलाई कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउन माग

    काठमाडौँ । कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउन मागसहितको एक ज्ञापन पत्र बुझाइएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कार्यस्थलमा कार्यरत कर्मचारीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको हो  ।  संगठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वको एक टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाएको

    राजस्व अनुसन्धान विभागद्वारा दुई बेग्लाबेग्लै अदालतमा १६ करोड बढीको राजस्व चुहाट कसुरमा मुद्दा दायर

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले दुई बेग्लाबेग्लै अदालतमा बिगोको शतप्रतिशत गरी १६ करोड बढीको माग दाबी लिई मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुर वीरगञ्ज इजलासमा १ करोड ९३ लाख बढी र उच्च अदालत विराटनगर अस्थायी इजलास इलाममा बिगोको शतप्रतिशत गरी १४ करोड ५८ लाख बढीको मुद्दा दायर गरेको हो ।

     

    राजस्व अनुसन्धान विभागले ६० किलो चाँदी स्कूटरमा फल्स बटम बनाइ अवैधरूपमा चोरी पैठारी गरेको प्रकरणको अनुसन्धान सकी उच्च अदालत जनकपुर वीरगञ्ज इजलासमा मुद्दा दायर गरेको छ ।९६ लाख ६० हजार ८ सय ६४ रुपैया बिगो कायम गरी बिगोको शतप्रतिशत सजाय जरिवाना मागदाबी लिएर राजस्व अनुसन्धान विभागले उक्त मुद्दा फागुन ६ गते दायर गरेको जनाएको हो ।

    राजस्व अनुसन्धान विभागले जारी गरेको विज्ञप्ति अनुसार राजस्व चुहावट गरेको कसुरमा बारा जिल्ला कलैया उपमहानगरपालिका वडा न ५ बस्ने रामसोगारत साहका छोरा वर्ष ३६का कर्मा साह सोनार विरुद्ध उक्त मुद्दा दायर गरेको हो ।

    करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा विछ्याउँदै कामपा

    काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ । महानगरका लागि  कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा विछ््याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ । 

     

    महानगरको सार्वजनिक निर्माण विभागले चालु आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठवटा योजना कार्यान्वयन ल्याइएकोमा पाँचवटा योजना सम्पन्न भएको जनाएको छ । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदलमार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा विछ््याउने काम भइरहेको हो ।

    अब अनुमतिबिना विदेशी सिम र रिचार्ज कार्ड बेच्न नपाइने

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो-अब्जेक्सन’ प्राप्त गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन जारी गरेको हो ।

     
    विदेशी मुलुकका दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणबाट नो–अब्जेक्सन लिनुपर्ने व्यवस्था छ । सोहीअनुसार अनुमति प्राप्त गर्न प्राधिकरणले सूचनामार्फत ध्यानाकर्षण गराएको हो ।
     
     
    नेसनल आईसीटी स्कलरसिप–२०८१’ को आवेदन खुला, २ करोडभन्दा बढीको छात्रवृत्ति वितरण हुने

    काठमाडौँ ।नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले  ‘नेसनल आईसीटी स्कलरसिप–२०८१’ का लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाका लागि विगत सात वर्षदेखि वितरण हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिक उद्घाटन गरे।

     

    सो अवसरमा बोल्दै उनले यस छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल युगमा सफलता हासिल गर्न सिप प्रदान गर्दै नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पुर्याउन योगदान दिने विश्वास व्यक्त गरे। सूचना प्रविधिको निरन्तर परिवर्तनशील दुनियाँमा नवीनतम प्रविधिहरू सिक्दै जानु आवश्यक रहेकोमा जोड दिँदै उनले भने, “सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पार्नका लागि यो छात्रवृत्ति कार्यक्रम प्रभावकारी छ । यसलाई स्नातकोत्तर तहसम्म विस्तार गर्न सके, अनुसन्धान र उद्योग तयारी क्षमता अझ बलियो हुनेछ ।”

    आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ९ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

     

    यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij