
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन ११ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सुशासन र समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको राष्ट्रसेवक कर्मचारीलाई आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उहाँलाई शुुभकामना दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताउनुुभयो ।
“सेवा प्रवाहका कुरामा सेवाग्राहीलाई सकारात्मकभावका साथ काम गरेर विकास निर्माण र सुुशासन कायम गर्ने काममा मलाई मद्दत गरेर शुुभकामनालाई सार्थक बनाउन व्यवहारिक रुपमा त्यसअनुसारको काम गर्न म आग्रह गर्छु”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देश ग्रे लिष्टमा परेको छ । यसलाई हटाउनुुछ । मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन । हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौँ । विकास निर्माणका लागि ठेक्का लगाउँछौँ । यसमा सबैको साथ होस् भन्ने मेरो चाहना हो ।’’
कालिञ्चोक दर्शनको हकप्रद सेयर जारी गर्न , बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले १ः१ को अनुपातमा जारी गर्नका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हाल कायम सेयरधनीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटी र नेपाल एसबीआई मर्चेन्टको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै माग भन्दा २.६८ गुणा बढी आवेदनकाठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । पहिलो दिन अर्थात आइतबार साँझ ५ः०८ बजेसम्ममा ३ लाख ७६ हजार ५८९ जना सर्वसाधारण आवेदकहरुले ४९ करोड ४५ लाख ८०४ हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा २.६८ गुणा बढी हो ।
कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो ।डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टीलरीको ५६ लाख २९ हजार कित्ता शेयर नेप्सेमा सूचीकृतकाठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतवार दुई कम्पनीको कुल ५६ लाख २९ हजार ६७२ दशमलव १०४ कित्ता शेयर सूचीकृत भएको छ ।
डिप्रोक्स लघुवित्तको १६ लाख २० हजार ८८७ दशमलव १३३६ कित्ता र हिमालयन डिष्टीलरीको ४० लाख ८ हजार ७८४ दशमलव ९७ कित्ता गरेर कुल ५६ लाख २९ हजार ६७२ दशमलव १०४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइने छ । हिमालयन डिष्टीलरीले १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । उक्त बोनस शेयर पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो ।शेयर बजार : नेप्से परिसूचकमा ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा, ११ अर्ब ५४ करोडभन्दा बढीको कारोबारकाठमाडौँ । आज नेप्से परिसूचकमा ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा आएको छ । आज ११ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ वटा समूहका सूचक सकारात्मक भएका छन् ।यस दिन ३ सय २८ कम्पनीको २ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९५ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि जारी गर्नेकाठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ आजदेखि निष्कासन गरेको छ । कम्पनीले माघ ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरी माघ २९ गते बाँडफाँट गरेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले आम सर्वसाधारणका ला िआईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँटपश्चात् कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई समेत १ लाख १२ हजार ५०० कित्ता शेयर समेत बाँडफाँट गरिसकिएको जानकारी कम्पनीले दिएको छ । यी बाहेक बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याइएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीको आईपीओ खरीद गर्न पाइनेछ ।एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नेकाठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रतिऋणपत्र एक हजार रूपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बैंकले निष्कासन गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थामा विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्नेकाठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज आइतबार फागुन ११ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्ला वर्षाको सम्भावनाकाठमाडौँ ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।सैनिक कल्याणकारी कोषको रकम ८७ अर्बकाठमाडौँ । सैनिक कल्याणकारी कोषको रकम रु ८७ अर्ब एक करोड पुगेको छ । नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो ।
त्यसमध्ये बैङ्क तथा वित्तीय संस्थामा नगद मौज्दात रु ७९ अर्ब २८ करोड ५६ लाख रहेको छ । विभिन्न परियोजनामा लगानी रु सात अर्ब ७२ करोड ४४ लाख रहेको युद्ध कार्य विभागका सहायकरथी रवीन्द्र खत्रीले जानकारी दिनुभयो । यसमध्ये नेपाली सेनाका स्वास्थ्य विज्ञान संस्थानमा रु दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा रु एक अर्ब ६० करोड ६० लाख लगानी रहेको जानकारी दिइयो ।तराई मधेश काठमाडौँ द्रुतमार्गको काम विस्तार गरिएको समयभित्रै सक्ने सेनाको प्रतिबद्धताकाठमाडौँ । नेपाली सेनाले तराई मधेश–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्र्याक) को काम २०८३ चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको बताएको छ ।सेना दिवसको पूर्वसन्ध्यामा सेनाले पत्रकार सम्मेलन गरेर द्रुतमार्ग निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेर तदारुकताका काम अगाडि बढाइरहेको जनाएको हो ।
सेनाको युद्धकार्य विभागका निर्देशक सहायक रथी रवीन्द्र खत्रीले जनाए अनुसार हालसम्म द्रुतमार्गमा भौतिक प्रगति ३८.२६ प्रतिशत भएको छ ।२१ वैशाख २०७४ मा फास्ट ट्र्याक निर्माण व्यवस्थापनको जिम्मा सेनाले
पाएको थियो । त्यसबेला ३० साउन २०८० भित्र निर्माण सम्पन्न गर्ने गरी सेनालाई जिम्मा दिइएपनि अहिले यो अवधि बढाएर २०८३ को चैत मसान्तसम्म सारिएको छ ।बीमा प्राधिकरणद्वारा बीमा सम्बन्धी निर्देशन जारीकाठमाडौँ । नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन जारी गरेको छ। प्राधिकरणले बैंक तथा वित्तीय संस्था, नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रक्रियामा रहेको नगद, नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी), धितोबन्धकमा राखिएका नगद तथा नगदजन्य उपकरण र सुरक्षणमा आउनसक्ने जोखिम विरुद्धको रक्षावरण गर्न मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन जारी गरेको हो।अर्थमन्त्री पौडेलले मन्त्रालयबाटै नियमित काम फेरि सुरु गरेकाठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा सिंहदरबार फर्किएका छन्।पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा फागुन ३ गते बेलुन फुट्दा आगोको ज्वालाले पोखराका मेयर धनराज आचार्यसँगै अर्थमन्त्री पौडेल पनि घाइते हुन पुगेका थिए।
उनीहरूको शरीरका विभिन्न भाग ६ प्रतिशतसम्म जलेको थियो। उनलाई कीर्तिपुरस्थित जलन (बर्न हस्पिटल)अस्पतालमा दुई दिन सघन उपचार गरिएको थियो।जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै असर नदेखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए। त्यसपछि मन्त्री पौडेलले अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए।आइतबार अर्थमन्त्री पौडेल मन्त्रालयको नियमित काम मन्त्रालयबाटै फेरि सुरु गरेका हुन् ।‘विदेशबाट फर्किनेले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको स्रोत खोजिनुपर्छ’ : महानिर्देशक महेश भट्टराईकाठमाडौँ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको स्रोत खोजिनुपर्ने बताउनुभएको छ ।
अर्थसमितिको आजको बैठकमा महानिर्देशक भट्टराईले मुख्यगरी दुबई र हङ्कङबाट सुन तस्करी हुने गरेको देखिएको उल्लेख गर्दै झिटीगुण्टासम्बन्धी कानुनले तोकेअनुसार वैध रूपमा ल्याइने सुनसहितका सामग्रीको पनि आर्थिक स्रोत खोजिनुपर्ने बताउनुभयो ।
“झिटीगुण्टासम्बन्धी कानुनले महिलाका लागि ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुन ल्याउनसक्ने व्यवस्था गरेको छ । हप्तादिनका लागि दुबई घुम्न गएकाले त्यहाँबाट फर्किंदा ५० ग्राम सुन, दुईटा आइफोन, कम्प्युटर, क्यामेरालगायत सामग्री लिएर आउने प्रवृत्ति छ । दुबई र हङ्कङका विमानस्थलमा सुन पठाउने गिरोह नै हुनुपर्छ”, भट्टराईले भन्नुभयो, “विदेशमा घुम्न जानेहरूले नेपालबाट बढीमा अमेरिकी डलर दुई हजार पाँच सय बराबर मात्रै लिएर गएका हुन्छन् । एक हप्तापछि फर्किंदा अमेरिकी डलर पाँच हजार बराबरको सुन लिएर आउँछन् । झिटीगुण्टा कानुनले तोकेको मापदण्डभित्रै भए पनि त्यसको आर्थिक स्रोत खोज्ने हो भने यो सरासर तस्करीका रूपमा लिन सकिन्छ ।” अर्थ समितिका सांसदहरुद्वारा युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न मागकाठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गर्नुभएको छ ।
अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी ९फ्रड० भनेको उल्लेख गर्नुहुँदै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो ।“युएसएडमार्फत् नेपालको वित्तीय सङ्घीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै ‘फ्रड’ हो भन्नुभएको छ । अनौपचारिक रुपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत् खर्च भएको भन्ने जानकारी पाएको छ । यस विषयमा आयोगसँग जवाफ मागिनुपर्छ”, सांसद कार्कीले भन्नुभयो ।प्रतिनिधिसभा बैठक : सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न मागकाठमाडौँ । सांसदहरुले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उहाँहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा सांसद सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गर्नुभयो ।सवा तीनसय बढी उद्योग दर्ता साढे १६ हजार बढीलाई रोजगारी दिनेकाठमाडौँ । पहिलो अर्धवार्षिकमा १ खर्ब बढीको लगानीमा साढे १६ हजार बढीलाई रोजगार दिने गरी सवा तीन सय बढी उद्योगहरू दर्ता भएका छन् । उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिकमा ३ सय ३८ उद्योग दर्ता भएको जनाएको हो ।
तदनुसार तीन उद्योगीहरूमा १ खर्ब २ अर्ब ९९ करोड लगानी गरिने र त्यसमा १६ हजार ८ सय ६५ रोजगारी प्राप्त हुने प्रस्ताव गरिएको छ ।
सो अवधिमा दर्ता गरिएका कुल उद्योगहरूमा ठुला उद्योगहरूको संख्या २४ रहेका छन् । मझौला उद्योगहरूको संखया १७ रहेका छन् । सबै भन्दा बढी साना उद्योगहरूको संख्या रहेको छ । मन्त्रालयले जनाए अनुसार २ सय ९७ उद्योग साना उद्योगको वर्गीकरणमा दर्ता गरिएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणका विषयलाई लिएर देश अन्तर्राष्ट्रिय समुदायको सूक्ष्म निगरानीको सूचीमा परेपछि त्यसले नेपालाई कस्तो असर पर्छ भन्ने चासो व्यक्त भइरहेको छ।अधिकारीहरू तथा जानकारहरूका भनाइमा अन्तर्राष्ट्रियरूपमा 'ग्रे लिस्ट' भनेर चिनिने उक्त सूचीमा परेपछि नेपालले विभिन्न प्रकारका कठिनाइ भोग्नु पर्ने अवस्था आउन सक्छ।
यस्तो सूचीमा सामेल गर्ने निकायकी प्रमुखले निगरानी सूचीबाट बाहिरिन नेपालबाट प्राप्त "उच्चस्तरीय राजनीतिक प्रतिबद्धता"प्रति भने खुसी व्यक्त गरेकी छन्।तर विज्ञहरू भन्छन्- 'नेपालले यो सूचीबाट बाहिर निस्कन गर्नुपर्ने कामहरू धेरै छन्।''ग्रे लिस्ट' भनेको के हो?
पछिल्ला दशकहरूमा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीले सम्पत्ति शुद्धीकरण अर्थात् अवैध रूपमा वा अपराधबाट आर्जित धनलाई वैध बनाउने प्रक्रिया र आतङ्ककारी गतिविधिमा हुने लगानीलाई गम्भीरतापूर्वक लिन थालेको छ।
नो केबलकार पक्ष र प्रहरीबीच झडप भएपछि फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी
फुङ्लिङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गर्नुभएको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ ।
संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । आज बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङलिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोचौंउ र थलङधार, उत्तरतर्फ उकाली पानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कन्चनजंघा टोलसम्म निषेधाज्ञा जारी गरिएको हो ।
सुनको मूल्य बढ्यो , प्रतितोला रु एक लाख ७० हजार तीन सय
ललितपुर। ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । स्थानीयहरूका अनुसार एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।
ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् ।तत्काल क्षतिको विवरण जनाइएको छैन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij