Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ वैदेशिक रोजगारीका रहेका नेपालीमा बाँडफाँट

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ वैदेशिक रोजगारीका रहेका नेपालीमा बाँडफाँट

  •  

    काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म आईपीओ निष्कासन गरी फागुन ११ गते बाँडफाँट गरेको हो ।

    तोकिएको अवधिभित्र आवेदन दिएका ४८ हजार ३१२ जना आवेदकहरुमध्ये १८ हजार जना आवेदकहरुलाई आईपीओ बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले सर्वसारणमा निष्कासन गर्ने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीले नेपाल धितोपत्र बोर्ड ९सेवोन० बाट सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशत दरले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न माघ ३ गते अनुमति पाएको हो ।वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सम्पूर्ण कित्ता शेयर बाँडफाँट भएमा कम्पनीले दोस्रो चरणमा ९० हजार कित्ता सामुहिक लगानीकोष र ५४ हजार कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी १४ लाख ७६ हजार कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउनेछ ।

    यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij