Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

रसुवा नाकाबाट ३ हजार ३सय७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउने बम्जन इन्टरप्राइजेजका बुद्ध लामा र भन्सार एजेन्टसहित तीन जनालाई राजस्व अनुसन्धानको मुद्दा , दश करोड ८४ लाख भन्दा बढी बिगो र जरिवाना माग

रसुवा नाकाबाट ३ हजार ३सय७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउने बम्जन इन्टरप्राइजेजका बुद्ध लामा र भन्सार एजेन्टसहित तीन जनालाई राजस्व अनुसन्धानको मुद्दा , दश करोड ८४ लाख भन्दा बढी बिगो र जरिवाना माग

  • काठमाडौँ ।  राजस्व अनुसन्धान विभागले रसुवा नाकाबाट ३३७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउनेहरू विरुद्ध मुद्दा दर्ता गरेको छ । विभागले मिति २०८१ फागुन ११ गते उच्च अदालत पाटनमा ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउने बम्जन इन्टरप्राइजेजका प्रोपराइटर बुद्ध लामा, कुमार श्रेष्ठ र नौल बहादुर तामाङलाई प्रतिवादी बनाइ १० करोड ८४ लाख ६ सय ७४ रुपैयाँ मागदाबी सहित मुद्दा दर्ता गराएको हो ।

    उल्लिखित प्रतिवादीहरू मध्ये रसुवा नाकाबाट ३३७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउने मुख्य प्रतिवादी जिल्ला सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका वडा न ६ स्थायी ठेगाना भएका बम्जन इन्टरप्राइजेजका प्रोपराइटर बुद्ध लामालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण )ऐन २०५२को दफा २ (छ१) बमोजिमा  दुई करोड असी लाख छैसट्ठी हजार सात सय उनान्साट्ठी रुपैया  बिगो कायम गरी सोही ऐनको दफा २३(१) बमोजिमा बिगो जफत तथा बिगोको शतप्रतिशत जरिवाना हुन तथा सोही ऐनको दफा २३(१) (ख) बमोजिम कैद सजायको मागदाबी गरेको  विभागले जनाएको छ ।

     त्यस्तै चोरी पैठारीका जुत्ता खरिद गर्ने गरी बुद्ध लामालाई चोरी पैठारी गर्न लगाउने जिल्ला गुल्मी रुरु गाउँपालिका वडा न ५ स्थायी वतन भएका कुमार श्रेष्ठलाई चोरी पैठारी गरेको जुत्ताको परिमाणको आधारमा सोही ऐनको दफा २ (छ१) बमोजिम एक करोड पच्चीस लाख सतसट्ठी हजार नौ सय चौँतीस रुपैया  बिगो कायम गरी बिगो असुल हुन तथा बिगोको शतप्रतिशत जरिवाना हुन र सोही ऐन बमोजिम कैद सजाय मागदाबी गरिएको छ ।

    विभागले प्रतिवादी बुद्ध लामालाई जुत्ता चोरी पैठारी गर्न  साथ र सहयोग गरेको आधारमा अर्का प्रतिवादी भन्सार एजेन्ट नौर बहादुर तामाङलाई सोही ऐनको दफा २३ (३) बमोजिम मतियारलाई हुने सजायको मागदाबी गरेको छ । उक्त विज्ञप्तिमा  प्रस्तुत कसुरमा उल्लिखित प्रतिवादीहरूबाट कुल ५, ४२, ००, ३३७ बिगो र शतप्रतिशत जरिवाना ५,४२,००,३३७ गरी रु १० करोड ८४ लाख ६ सय ७४  को मागदाबी लिई उच्च अदातल पाटनमा अभियोग पत्र दायर गरिएको उल्लेख छ ।

    साथै प्रस्तुत राजस्व चुहावटको कसुर प्रयोग भएको ना ३ ख ७०१ नम्बरको ढुवानी साधान तथा सो साधनमा रहेका भन्सार चोरी पैठारीका ब्रान्डेड जुत्ता ३३७२ जोर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को दफा २३ (१) बमोजिम जफत गर्ने मागदाबी लिइएको छ । त्यसैगरी जाँचपासमा संलग्न रसुवा भन्सार कार्यालयका तत्कालीन कर्मचारीलाई विभागीय कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् भन्सार विगभामा लेखी पठाइएको राजस्व अनुसन्धान विभागकी उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij