Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

नकली मदिरा बनाउनेलाई राजस्व अनुसन्धान विभागको डण्डा, शंशाक खनाल र रमेश गौतमलाई पाँच करोड बढीको मुद्दा

नकली मदिरा बनाउनेलाई राजस्व अनुसन्धान विभागको डण्डा, शंशाक खनाल र रमेश गौतमलाई पाँच करोड बढीको मुद्दा

  • काठमाडौँ । नकली मदिराको  कारोबार गर्ने दुई जनालाई  राजस्व अनुसन्धान विभागले डण्डा चलाएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले काभ्रेपलाञ्चोक रमेश गौतम र  रुपन्देहीका शंशाक खनाललाई पाँच करोड बढीको राजस्व चुहावट कसुरमा मुद्दा चलाएर डण्डा लगाएको हो ।

    राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार प्रतिवादीहरुमध्ये जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका, वडा नं. १, बेलहिया बस्ने बर्ष ३३ को शशांक खनालले  बिनास्रोतका नेपालमा उत्पादन नहुने  ईम्पोर्टेड ह्विस्की लगायतका मदिराका ढक्कन (क्राउन क्रक) र अन्य सामाग्री चोरी तस्करी गरेको साथै उक्त सामाग्रीको कानुनी प्रयोगको कुनै आधार, कारण  प्रमाण पेश गर्न नसकेको र  भन्सार चोरीपैठारी गरेका मालवस्तुको  कारोबार  गरी भन्सार महसुल, मू.अ.कर तथा अन्तःशुल्क लगायत राजस्व चुहावट  कसुर गरेको बताउँदै प्रमुख घिमिरे  राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (छ) र (झ) बमोजिम कसूर गरेको पुष्टि हुन आएकाले उक्त राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम बिगो एक करोड तिस लाख सत्ताइस हजार दुईसय नब्बे कायम गरी सोही ऐन अनुसार बिगाको शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजाय मागदाबी गरी मुद्दा दायर गरिएको बताए ।

    राजस्व अनुसन्धान विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘ जिल्लाका  मार्फत प्रतिवादीहरु शशांक खनाल र रमेश गौतम बिरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी ऐ. ऐनको दफा ४ बमोजिमको कसुर गरेको अभियोगमा आज मिति २०८१।११।१३ मा सम्मानित उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा अभियोग पत्र दायर गरिएको छ । ’ 

    विभागले जनाए अनुसार अर्का प्रतिवादी जिल्ला काभ्रपलाञ्चोक, चौरीदेउराली गा.पा. वडा नं ०४ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ४ बालुवाटार बस्ने वर्ष ४५ का रमेश गौतमले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (छ) र (झ) बमोजिम कसूर गरेको पुष्टि हुन आएकाले उक्त राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम बिगो रु एक करोड तिस लाख सत्ताइस हजार दुईसय नब्बे र सोही अनुसार बिगोको शतप्रतिशत जरिवाना तथा हदैसम्मको कैद  सजाय मागदाबीसहितको अभियोग पत्र दायर गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij