
काठमाडौं । विशाल भण्डारा नेपालले महाशिवरात्रीको अवसरमा पशुपतीनाथ मन्दिर परिसरमा नि : शुल्क भोजनसहितको भण्डारा संचालन गरेको छ । विशाल भण्डारा नेपालले फाल्गुन १० गतेदेखि आज १५ गते सम्म नि : शुल्क भोजनसहितको भण्डारा संचालन गरेको हो । पशुपतीनाथ मन्दिर परिसरको हन्स मण्डपसंगै संचालित भण्डारामा दैनिक नि : शुल्क भोजन वितरण गरिएको समाजसेवी रतन शर्माले बताए । उक्त भण्डारामा दैनिक ५ हजार देखि १० हजार भक्तजन तथा साधु संतलाई भोजन वितरण गरिएको समाजसेवी शर्माले बताए ।उक्त भण्डारामा शिवरात्रिको दिन बुधबार २० देखि ३० हजार जना भक्तजन तथा साधु संतहरुलाई नि : शुल्क भोजन खुवाईएको थियो । भण्डारमा भक्तजन तथा साधु संतहरुलाई सहजरुपमा नि : शुल्क भोजन वितरणको ब्यवस्था मिलाईएको किसन शर्मा (अग्रवाल)ले बताए ।
शनि मन्दिर नेपालगंजका योगी मंहन्त भीमनाथको प्रत्यक्ष निगरानीमा भएको हवन र नि: शुल्क भोजनको व्यवस्था आज फागुन १५ गतेसम्म संचालन हुने छ । विगत वर्षहरुमा पनि भण्डारा संचालन गर्दै आएको विशाल भण्डारा नेपालले यो वर्ष भण्डारा संचालन गर्न झण्डै ५० लाख खर्चभएको अनुमान गरिएको समासेवी रतन शर्माले बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij