
काठमाडौंँ । स्वरोजगार लघुवित्तले थप सार्वजनिक निष्काशन अर्थात एफपीओको बिक्री खुला गरेको छ ।लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओको बिक्री आइतबार खुलाएको हो। एफपीओका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। लघुवित्तको चुक्ता पुँजी हाल ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ। एफपीओ बिक्रीपश्चात लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij