Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन १८ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन १८ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १८ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    आइसिएफसि फाइनान्सको ३ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइसिएफसी फाइनान्स लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ ।

     

    कम्पनीको ३ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
    कम्पनीले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको आइ.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८ नामक ऋणपत्र सूचीकृत गराएको हो । 

    पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

    काठमाडौं । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले प्राथमिक शेयर (आईपीओ)निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

     

    उक्त सम्झौतापत्रमा पल्लभी लुब्रिकेन्टस् लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

    शेयर बजारमा  साताको पहिलो दिन ७५.२४ बिन्दुको उछाल, कारोबार सवा १४ अर्ब बढी, नेप्से परिसूचक २८९०.२८ बिन्दुमा पुग्यो

    काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा ७५.२४ बिन्दुको उछाल देखिएको छ । २.६७ प्रतिशतको वृद्धिका साथ नेप्से परिसूचक आइतबार २८९०.२८ बिन्दुमा पुगेको हो ।

     

    २ करोड ९१ लख ६६ हजार ६सय ५६कित्ता शेयरको खरिद बिक्रीबाट आइतबार कुल कारोबार १४ अर्ब २५करोड ४ लाख ७५ हजार ७ सय ३६ रुपैया ९५ पैसा बराबरको भएको नेप्सेले जनाएको छ ।

    यस अघि गत साताको अन्तिम दिन बिहीबार बजार बन्द हँदाका बखत नेप्से परिसूचकमा ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा पुगेको थियो । बिहीबार  ११ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको भएको थियो ।

    एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजनाको इकाई बाँडफाँट

    काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले माघ २४ गतेदेखि फागुन ८ गतेसम्म निष्कासन गरेको इकाई बाँडफाँट गरेको छ ।

     

    क्यापिटलले एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजनाको इकाई फागुन १५ गते बाँडफाँट गरेको हो । योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन पर्न आएकाले योजनाको आकार बृद्धि गरी १३ करोड ६४ लाख ८४ हजार इकाई कायम गरिएको छ । 

    सम्पूर्ण आवेदकहरुले माग गरे बमोजिम ११ करोड ६० लाख १० हजार ७०० इकाई तथा बीज पूँजी वापत् कोष प्रबद्र्धक एनएमबि बैंकलाई १ करोड ९१ लाख ७ हजार ७६० इकाई र योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि १३ लाख ६५ हजार ५४० इकाई गरी कुल १३ करोड ६४ लाख ८४ हजार इकाई बाँडफाँट गरिएको हो ।

    सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा चैत १५ गते , २८.४० प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १५ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपालि, ब्याङ्क्वेट, नक्साल भाटभटेनी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

     

    सभाले कम्पनीले प्रस्ताव गरेको कुल २८ दशमलव ४० प्रतिशत लाभांशलाई पनि अन्तिम स्वीकृति प्रदान गर्नेछ । गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा २६ दशमलव ९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।

    काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ वटा सबस्टेसन निर्माणाधीन, थप २० वटा बनाइने

    काठमाडौं । काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२र११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ ।

    यसमध्ये काठमाडौंको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ ।  फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन् । दुवै सबस्टेसनलाई २ महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेको प्राधिकरणको भनाई छ । भक्तपुरको चाँगुनारायण सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेसनलाई सञ्चालन ९चार्ज० मा ल्याउन मात्र बाँकी रहेको छ । चोभार सबस्टेसन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेसन ८ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेका छन् ।

    समाज र ग्रामीण विकास लघुवित्त मर्जर सम्झौताः सेयर भाउमा २६०० रुपैयाँको अन्तर

    काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त बीच मर्जर सम्झौता भएको छ। यी दुई संस्था बीच फागुन १७ गते मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो, तर कुन कम्पनीको सेयर स्वाप रेसियो कति हुनेछ भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

     

    यी दुई कम्पनीको बजार मूल्यमा ठूलो अन्तर छ। समाजको सेयर मूल्य (बिहीबारको कारोबार अनुसार) ३,५३९ रुपैयाँ रहेको छ भने, ग्रामीण विकास लघुवित्तको सेयर मूल्य मात्र ८९१ रुपैयाँ छ। यसबाट २,६४८ रुपैयाँको अन्तर देखिन्छ, जुन मर्जर प्रक्रियामा महत्त्वपूर्ण असर पार्न सक्छ।

    प्रि ओपन सेसन :नेप्से सूचक १४.०८ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.०८ विन्दुले बढेको छ । यससँगै सूचक २८१९.१२ अंकमा आएको छ । ९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

     

    ८५ वटा कम्पनीको १ लाख ३० हजार ७ सय ९५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ४१ वटा कारोबार भएको हो । ५५ कम्पनीको मूल्य बढ्दा २४ वटा भाउ घटेको छ ।

    स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

    पथरी ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले आमनागरिकलाई विश्वास दिने गरी प्रभावकारी ढङ्गबाट स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताउनुभएको छ । 

     

    मोरङको उर्लावारी–५ मा रहेको अरनिको हस्पिटलमा आज सिटी स्क्यान सेवा उद्घाटन गर्दै उहाँले निजी क्षेत्रले सस्तो र सर्वसुलभ सेवा दिनसके प्रभाव थप विस्तार हुने बताउनुभयो । 
     
    मन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गर्न र यस क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

    स्वरोजगार लघुवित्तको एफपीओमा पहिलो दिनमै माग भन्दा ३०.८८ गुणा बढी आवेदन

    काठमाडौं ।  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा यत्रा उच्च माग देखिएको छ। ६० लाख ४६ हजार २० कित्ताको लागि ४ लाख ७१ हजार ७१८ जना आवेदकले आवेदन दिएका छन्, जुन ३० दशमलव ८८ गुणा बढी हो। यो एफपीओ फागुन २१ गतेसम्म आवेदन दिने अवसर प्रदान गर्दै, प्रत्येक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्छन्।

     

    विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको यो एफपीओ, निश्चय नै लगानीकर्ताहरुको ध्यान आकर्षित गर्ने छ।

    सीमावर्ती भारतीय बजारमा वर्डफ्लू भएपछि पर्सामा कुखुराको पैठारीमा पूर्ण रोक

    वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ ।

     

     

    प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज सरोकार भएकाहरूसहितको बैठकले यस्तो निर्णय गरेको हो । 

     

    प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताउनुभयो । “आन्तरिक बजारमा यस्ता वस्तुको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने र सीमा क्षेत्रमा थप निगरानी बढाउने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

    चोभार सुक्खा बन्दरगाहमा पहिलोपटक भन्सार जाँचपासका लागि तातोपानी नाका भएर  कन्टेनर ल्याइयो

    काठमाडौँ । चोभार सुक्खा बन्दरगाहमा पहिलो पटक भन्सार जाँचपासका लागि तातोपाना नाका भएर कन्टेनर ल्याइएको छ ।पहिलो पटक चोभार सुक्खा बन्दरगाहमा ४ वटा कन्टेर तातोपानी नाकाबाट भएर  भन्सार जाँचपासका लागि ल्याइएको हो।

     

    कोभेक–क्रिग–कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेका ४ वटा कन्टेनर भन्सार जाँचपासका लागि तातोपानी नाका हुँदै चोभार आएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी सार्वजनिक गरेको छ ।

    समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उत्तरी नाकाबाट समेत भन्सार जाँचपासका लागि मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा चहलपहल बढेको जनाए ।चोभारमा यसअघि वीरगञ्जबाट मात्र मालवाहक कार्गो र नयाँ सवारी साधनहरू भन्सार जाँच पासका लागि आउने गरेको  थिए।

    दोलखाको कालिन्चोकमा बाक्लो हिमपात, रमाउँदै पर्यटकहरू

    कालिन्चोक ,दोलखा । दोलखा जिल्लाको प्रसिद्ध मन्दिर कालिन्चोक भवगती मन्दिर र त्यस क्षेत्रमा शुक्रबारदेखि हिउँ पारेको छ । हिमपातले त्यस क्षेत्र ढाकेको छ ।

    इरानी सांसदहरूले अर्थमन्त्रीलाई बर्खास्त गर्ने पक्षमा मतदान गर्ने

    तेहरान । उच्च मुद्रास्फीति र राष्ट्रिय मुद्रा रियालको तीव्र अवमूल्यनपछि इरानको संसद्ले आइतबार देशका अर्थमन्त्रीविरुद्ध महाभियोगको कार्यवाही सुरु गरेको छ ।

     

     

    आइतबार कालो बजार ९ब्ल्याक मार्केट० मा रियाल अमेरिकी डलरको तुलनामा नौ लाख २० हजारभन्दा बढीमा कारोबार भइरहेको थियो । यो सन् २०२४ को मध्यमा छ लाखभन्दा कम थियो ।

     

    राष्ट्रपति मसुद पेजेस्कियानले सांसदहरूलाई मन्त्री अब्दोलनासर हेममतीको रक्षा गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले आफ्नै रेकर्डको समर्थनमा पनि बोल्नुहुनेछ ।

    फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ निर्णय

    खोटाङ । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित फागुन १५ गते सुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ । जिल्ला घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायत विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडको आधारमा घोषणापत्र जारी गरिएको हो ।

    स्वरोजगार लघुवित्तको  एफपीओ बिक्री खुला , फागुन २१ सम्म आवेदन दिन सकिने

    काठमाडौंँ । स्वरोजगार लघुवित्तले थप सार्वजनिक निष्काशन अर्थात एफपीओको बिक्री  खुला गरेको छ ।लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओको बिक्री आइतबार खुलाएको हो। एफपीओका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

     

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। लघुवित्तको चुक्ता पुँजी हाल ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ।

    हिमचितुवा र मानवबीचको द्वन्द्वले उपल्लो मुस्ताङको पशुपालन व्यवसाय सङ्कटमा

    मुस्ताङ । पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा े उपल्लो मुस्ताङका किसानको सदियाँै वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

     

    जिल्लामा हिमचितुवाको एकीन तथ्याङ्क छैन । अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना ९एक्याप०को स्वामित्वमा रहेको उपल्लो मुस्ताङमा हिमचितुवाले चरन क्षेत्र, खर्क र पशु गोठमै पसेर पशुधनको क्षति गरिदिँदा उपल्लो मुस्ताङका पशुपालक किसानको व्यवसाय नै लोप हुने खतरा बढेको हो । जलवायु परिवर्तनले हिमाली उच्च लेकमा चरन क्षेत्र साँघुरिँदै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेको र घाँसको खोजीमा हिमचितुवाको मुख्य आहार नाउर बस्ती तल झर्ने गरेको पाइएको छ । हिमालकी रानी हिमचितुवा आहारको खोजीमा नाउरलाई पछ्याउँदै बस्तीसम्म आइपुग्दा घरपालुवा पशुचौपाया क्षति हुने जोखिम बढेको हो । तर संरक्षिणविद्हरूले हिमचितुवा सडक र बस्तीमा झर्नुमा फरकफरक भनाइ राख्ने गरेका छन् ।

    यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ । 
     
    युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।
     
    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ६० पैसा र बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ ।
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij