Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

भन्सार छली ल्याएका लाखौँको माल वस्तु रुपन्देही प्रहरीद्वारा नियन्त्रणमा

भन्सार छली ल्याएका लाखौँको माल वस्तु रुपन्देही प्रहरीद्वारा नियन्त्रणमा

  • काठमाडौँ । प्रहरीले भन्सार छली गरी ल्याएको लाखौँको मालवस्तु नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहियाबाट खटिएको प्रहरी टोली सोमबार ९८ पिस साडीसहितका मालवस्तु बरामद गरिएको हो ।

    जिल्ला धनुषा कमला नगरपालिका वडा न ८ बस्ने ३५का प्रमोद महराले भारतबाट नेपाल तर्फ अवैधरुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ९८ पिस साडी अन्दाजी ४ लाख ९० हजार बराबरको बरामद गरी साडीसँगका मानिस समेतलाई भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले एक विज्ञप्ति जारी गरी यसको जानकारी दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij