Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

केपी ओली कप फुटबल : पहिलो हाफमा मछिन्द्रको अग्रता

केपी ओली कप फुटबल : पहिलो हाफमा मछिन्द्रको अग्रता

  •  

    काठमाडौँ ।  तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा साविक विजेता मछिन्द्र फुटबल क्लबले अग्रता लिएको छ । मछिन्द्रले पहिलो हाफमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १–० गोलको अग्रता लिएको हो । 

     

    त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा जारी उक्त खेलको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए । 

     

    फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुग्नुभएको छ ।

     

    फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुहुन्छ । रङ्गशाला दर्शकले खचाखच भरिएको छ । खेल सुरु हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति समेत पस्किएका थिए ।

     

    राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij