Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

एनआइसी एसिया बैंकको साधारण सभा सम्पन्न , ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

एनआइसी एसिया बैंकको साधारण सभा सम्पन्न , ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

  •  

     काठमाडौँ । आज  काठमाडौंको आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न एनआइसी एसिया बैंकको वार्षिक साधारण सभाले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। सभामा बैंकले १ सय रुपैयाँ अंकित मूल्यका अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। यस प्रस्तावअनुसार, बैंक ५ अर्ब रुपैयाँ बराबरको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नेछ।

    यसका साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसम्बन्धी वार्षिक विवरणहरू छलफल र स्वीकृत गरिएको छ। बैंकले प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन र थप गर्ने प्रस्ताव पनि पारित गरेको छ।

    यस बैठकमा भएका यी निर्णयहरूले बैंकलाई वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मकता र स्थायीत्वमा सुदृढ बनाउन महत्वपूर्ण कदम अघि बढाउन मद्दत गर्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij