Logo

Apr 25 2025 | २०८२, वैशाख १३गते

Apr 25 2025 | २०८२, वैशाख १३गते

images

लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैन : गृहमन्त्री लेखक

लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैन : गृहमन्त्री लेखक

  •  

    डडेल्धुरा ।गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने बताउनुभएको छ । 

     

    डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो । जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउनुभयो ।

     

    “देशमा गणतन्त्र आएको छ, केही व्यक्तिले राजतन्त्र पुनःस्थापनाको कुरा गर्दैछन्, लोकतान्त्रिक व्यवस्थामा अब राजतन्त्रमा फर्किने सम्भावना छैन । निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडी होइन् अगाडी बढ्ने हो”, उहाँले भन्नुभयो । 

     

    गृहमन्त्री लेखकले समाजमा क्रान्तिकारी परिवर्तनका लागि साहित्यको योगदान आवश्यक रहेको बताउनुभयो । “संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठूलो योगदान छ”, उहाँले भन्नुभयो । समाज र विज्ञान कहिल्यै पछाडी नफर्किने उहाँको भनाइ थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij