Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

दोर्दी खोला जलविद्युतले चैत्र १९ गतेदेखि हकप्रद सेयर जारी गर्ने

दोर्दी खोला जलविद्युतले चैत्र १९ गतेदेखि हकप्रद सेयर जारी गर्ने

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले चैत्र १९ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ। कम्पनीले १ः१ अनुपातमा कुल १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गर्ने योजना बनाएको हो। यसअनुसार, कम्पनीले १ सय अंकित मूल्यमा कुल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।

    यो हकप्रद सेयरको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न सक्नेछन्। लगानीकर्ताले २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

    सार्वजनिक पेश गरिएको हकप्रद सेयरमा सानिमा क्यापिटल बिक्री प्रबन्धकको भूमिका निभाउने छ। आवेदन सानिमा क्यापिटलको नक्साल, काठमाडौं शाखा र सानिमा बैंकका तोकिएका शाखाबाट दिइन सकिन्छ। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरमार्फत पनि आवेदन दिइन सकिन्छ।

    दोर्दी खोला जलविद्युतको चुक्ता पुँजी हाल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि कम्पनीको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij