
काठमाडौँ । यस वर्ष महिलाहरुको महान पर्वको रुपमा मनाइने अन्र्तराष्ट्रिय महिला दिवस ८ मार्चका दिन ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । नेपाली समाजमा महिला मुक्ति तथा महिला हक अधिकार स्थापित गर्न आफ्नो ज्यानको माया मारेर क्रुर राज्य सत्तासँग पैठेजोरी खेल्ने क्रममा ज्यानको आहुति दिइ सहादत प्राप्त गर्नेहरूको लामो फेहरिस्त छ । सबै प्रति सम्मान व्यक्त नगर्नु कृतघ्नता हुनेछ । पुस्तौदेखि चलि आएका विकृति विसंगतिहरुलाई परिमार्जित, न्यूनीकरण र गर्दै प्रगतिशील उत्पादनमूखी, रोजगारमूखी र अधिकारमूखी बनाउँदै अधिकार स्थापित गराउने तिर जोड दिनुपर्छ छ ।
सन् १९०८ मा न्यूयोर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि बीजारोपण भएको थियो । त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा ग¥यो।उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेटकिन नामकी कम्युनिस्ट अभियानकर्मी र महिला अधिकारवादी महिलाले अगाडि सारेकी थिइन्।उनले उक्त विचार कोपेनहागनमा कन्फरेन्स अफ वर्किङ विमिन नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन्। त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए। र उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए। अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको वार्षिक दिन आजका दिनसम्म आउदा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छौँ । हामी आफ्नो दुःखलाई थाँती राखेर खाली अरूको सुख अनि खुसीका लागि समर्पित हुँदै आइरहेका छौं।यस्तो दया र साहसको खानीको सम्मानार्थ अर्पित दिवसलाई सार्थक बनाउन सबै क्षेत्रबाट प्रयास गर्नु अत्यावश्यक छ।
यसो भएमात्र यो दिवस मनाउनुको अर्थ रहन्छ। नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका हुने गरेको छ । चाहे त्यो २००७ सालको क्रान्ति होस् या दस वर्षे महान जनयुद्ध होस् या २०६२÷६३ सालको जनआन्दोलन। त्यतिबेला भएका जनयुद्ध र जनआन्दोलनमा कयौँ महिला सहिद, विधवा, बलात्कृत भए भने कयौँ महिलाले जेलजीवन भोगे ।जनयुद्धमा मात्रै ९५० जना भन्दा धेरै होनाहार महिलाहरुको सहादत भएको रेकर्डमा देखिन्छ ।२०६३ साल जेठ १६ गते नेपाली महिलाहरुको ठूलो उपलब्धिको तिथि हो । त्यतिबेला सबै क्षेत्रमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता रहने, छोरीले पनि छोरासरह वंशीय अधिकार, आमाको नामबाट नागरिकता र महिल हिंसा अन्त्यजस्ता अत्यन्तै महत्वपूर्ण अधिकार प्राप्त भयो । महिला चेतना वृद्धि गर्नकै लागि र महिलालाई सशक्त तुल्याउनकै लागि थुप्रै अनुत्तरित प्रश्न उजागर गर्ने दिन पनि हो । त्यतिमात्र होइन लोकतन्त्र गणतन्त्र प्राप्तिका लागि महिलाले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा, देशमा भएको ऐतिहासिक आन्दोलनमा उपस्थिति मात्र होइन नेतृत्व पनि लिएका छन् । तर जब परिर्वतन संस्थागत हुने बेला हुन्छ, कार्यकारी पदमा पुग्ने बेला हुन्छ, महिलाको क्षमतामा विश्वास गरिन्न । महिलालाई पद दिन कञ्जुस्याइँ गरिन्छ । दिइएका पद पनि कम महत्वमा पर्ने सबैले छोडेका महिलाको भागमा पर्ने गरेको छ। पुरुष भएकै कारण विषयवस्तुको ज्ञानको आधारमा ऊ कमजोर छ भनेपनि पुरुष त्यो पदमा पुग्न योग्य हुन्छ भने तर महिला भएकै कारण योग्यता भए पनि पदमा पुग्न पाएका हुँदैनन् । जकडिएर बसेको पुरातनवादी सोच र चिन्तन कसैले पनि हटाउन सकेको पाइँदैन । हरेक ठाउँमा हुने राजनीतिक नियुक्तिमा महिला नपुग्नु यसको उदाहरण हो ।
हरेक आन्दोलनमा सक्रिय रुपमा सरिक भएका महिला पदमा पुग्ने बेलामा केही ‘देखाउन’कै लागि जस्तो गरी पद दिनु र निर्णयात्मक तहमा समावेश नगर्नु यो आन्दोलन मर्ममाथि नै प्रहार गर्नु हो भन्ने मेरो बुझाइ हो। २०६३ सालपछि हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत हुने भनिए पनि नत मन्त्रिमण्डल त्यो संख्यामा पु¥याइयो नत अन्य क्षेत्रमा । महिलालाई ३३ प्रतिशत सहभागी ससंदमा मात्र होइन हरेक क्षेत्रमा भनेर लेखिनुपथ्र्यो तर नलेखिएकै कारण ससंद्मा बाहेक अन्य क्षेत्रमा महिलाको उपस्थिति उल्लेख्य हुन सकेको छैन । नेपालको २०७९ सालको स्थानीय तह निर्वाचानमा कूल निर्वाचित जनप्रतिनिधिहरु मध्ये ४१.२१ प्रतिशत महिला रहेका छन् जस मध्ये ७५३ स्थानीय तहमध्ये २५ वटा नगरपालिकाको प्रमुख पदमा महिला निर्वाचित भएका छन् ।यो संख्या कूल प्रमुख पदहरुको करिब ३.३४ प्रतिशत हो यसबाट देखिन्छ कि स्थानीय तहको नेतृत्वमा महिलाको संख्या अझै न्यून छ ।त्यसै गरी प्रतिनिधि सभामा महिला संख्या ९१ (३३. १० प्रतिशत) र राष्ट्रिय सभामा २२ जना सदस्य रहेको जानकारी छ । यसबाट पनि देखिन्छ कि राजनितिक प्रबन्ध भएकाले नै स्थानीय तहमा महिला जनप्रतिनिधिको संख्या करिव एक तिहाई पुगेको देखिए जस्तो भएता पनि संविधानले तोके बमोजिम राज्यका हरेक निकायमा महिलाको संख्या ३३ प्रतिशत भने अझै पुग्न सकेको छैन।त्यसैगरी नेपालको निजमति सेवामा महिला सचिवहरुको सहभागिता समय क्रमसँगै बढ्दै गएको छ ।
त्यसैगरी २०८० मंसिरसम्ममा विभिन्न सेवामा ७४ विशिष्ट श्रेणीका पद मध्ये १२ प्रतिशत अर्थात ९ वटा पदमा महिलाहरुले नेतृत्व गरिरहेका छन् । यसरी नेपालमा महिलाहरुले संघीय सरकार, स्थानीय तह, न्यापालिका कूटनितिक र राजनिति जस्ता विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् जसले समावेशीता र लैङ्गिक समानतामा महत्वपूर्ण योगदान पु¥याएको छ ।यो सब उपलब्धि यस मन्चमा उपस्थित आदरणीय महिला नेतृत्वहरुकै त्याग तपस्या र बलिदानले मात्र सम्भव भएको व्यहोरा यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु।महिला अधिकार प्राप्तिका लागि जनयुद्ध,जनआन्दोलन विभन्न आन्दोलनको नेतृत्व गर्नुहुने महिला निसन्देह सम्मानका पात्र हुन् । तिनका त्याग र बलिदानबाट प्राप्त अधिकारको सबै हामीले उपभोग गर्दै आएका उपलब्धिहरुको जगेर्ना, संवर्धन, संरक्षण गर्नका खातिर पनि सांगठनिक र व्यक्तिगतरूपमा सतर्क रहनुपर्ने आवश्यकता रहेको छ ।
नेपाली महिलालाई आत्मर्निणयको अधिकार, राजनैतिक अधिकार र पैत्रिक अधिकार तथा राजनैतिक चेतना जगाउन अझै बाँकी छ । यो अधुरो कार्यभार पूरा गर्न बाँकी छ । आधा आकाशले हरेक क्षेत्रमा आधा अधिकार पाउने काम बाँकी छ ।
अन्त्यमा जस्तो किन आफ्नै घरमा पनि अपहेलित किन छ नारी?, किन आफन्तबाटै पल÷पलमा दुव्र्यवहारमा पर्छन् उनीहरू?, निर्मला, समीक्षा जस्ता काण्ड किन निर्धक्क बढिरहेका समाजमा? कसले मलजल गरिरहेछ यस्तो कुकार्यलाई? किन बाहिर आउने वातावरण छैन महिला हिंसाका घटना? किन प्रहरीदेखि प्रशासन हुँदै सरकारसम्म महिलामैत्री कानुन र व्यवहार अपनाउन उदासीन छन्? किन हरेक क्षेत्रमा महिलालाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिन्छ? हो, यस्तै सवाल उठाउने अनि तिनको उत्तर खोज्ने र सही उपचार पहिल्याउने काम गर्नुपर्छ । अन्तर्राष्ट्रि महिला दिवसबाट हामीले यस्तै विषयको जवाफ खोज्न प्रेरणा लिनुपर्ने आवश्यकता छ । समाजको हरेक ढाँचामा महिलाको आधा अधिकार सुनिश्चित गर्न सबै सक्रिय रहनु यो दिवसको सच्चा प्रेरणा हुनेछ ।
(यशोदा आचार्य लेखक नेपाल राष्ट्रिय निजाती कर्मचारी संगठनकी उपाध्यक्ष हुन् , रत्नमणि दाहालसँगको कुराकानीमा आधारित)
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij