
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी दुई महिनासम्म काठमाडौंका केही क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको छ। यो आदेश आइतबारबाट लागू हुनेछ।
निषेधाज्ञा राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, र संसद भवन आसपासका क्षेत्रमा लागू गरिएको हो। यस आदेशअनुसार, यी स्थानहरूमा ५ जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न अनुमति दिइने छैन।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij