
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन लाइफ इन्सुरेन्स र नेष्डो समृद्ध लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
जसमा सिटिजन लाइफ इन्सुरेन्सको २६.९८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मंगलबारको अन्तिम कारोबार मूल्य ७२५.६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात भाउ ५७१.४१ रुपैयाँ कायम भएको छ ।
नेष्डो समृद्ध लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २२ सय ७३ रुपैयाँलाई आधार मानेर यसको भाउ समायोजन गरिएको हो । समायोजन पश्चात भाउ १९ सय ८९.५० रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij