Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

चैत महिनामा अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर हेरफेर गरिएन्

चैत महिनामा अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर हेरफेर गरिएन्

  • काठमाडौँ । चैतमा अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर हेरफेर भएको छैन् ।१५ वाणिज्य बैंकहरूको ब्याज दर चैत महिनाका लागि हेरफेर  भएको छन् ।सामान्य हेरफेर हुने वाणिज्य बैंकहरूमा नेपाल बैंक, कुमारी बैंक, लक्ष्म सन् राइज बैंक , सिटिजन्स बैंक र हिमालय बैंक रहेका छन् । 

    आज चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको बैंकको ब्याजदर सामान्य हेरफेर हुने नेपाल बैंकले व्यक्तिगत ब्याजदरमा ०.१ घटाएको हो । फागुनमा ५.६ रहेकोमा चैतका लागि ५.५ मा झारिएको छ । कुमारीले दुवै तर्फ ०.१प्रतिशतले बढाएको छ । फागुनमा व्यक्तिगत तर्फ ५.९१ र संस्थागततर्फ ४.९१ रहेकोमा चैतमा ६.०१  व्यक्तिगत तर्फ र ५.०१ संस्थागत तर्फ पु¥याएको छ । लक्ष्मी सन् राइजले व्यक्ति ब्याजदर ०.२५ बढाएको छ । फागुनमा यो ५.५ रहेकोमा चैतका लागि यो ५.७५मा पु¥याइएको छ ।

    सिटिजन्सले संस्थगत ०.१ प्रतिशत घटाएर ४ प्रतिशतमा झारेको छ ।अनि हिमालयले दुवैमा घटाएको छ । व्यक्तिगतमा ०.७५ घटाएर ५.५मा झारेको छ भने संस्थागतमा १.२५ घटाएर ४मा प्रतिशतमा झारेको हो ।चैतमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९८ प्रतिशत र संस्थागततर्फ ४.४३ प्रतिशतमा झरेको छ । जबकी गत फागुनमा व्यक्तिगततर्फ औसत ब्याजदर ६ प्रतिशत र संस्थागततर्फ ४.४९ प्रतिशत थियो । यसआधारमा बैंकहरूको ब्याजदर चैतमा व्यक्तिगततर्फ औसत ०.०२ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशत घटेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij