Logo

Apr 17 2025 | २०८२, वैशाख ५गते

Apr 17 2025 | २०८२, वैशाख ५गते

images

राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैत १० गतेदेखि लागू हुने गरी १ अर्ब १५ करोड रुपैयाँ बैंक र वित्तीय संस्थाहरुलाई निक्षेपको रुपमा लगानी गर्ने योजना सार्वजनिक गरेको छ। राष्ट्र बैंकले उपदान र पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंकहरु, राष्ट्रियस्तरीय विकास बैंकहरु र वित्त कम्पनीहरुमा मुद्दति निक्षेपको रुपमा राख्नका लागि प्रस्ताव माग गरेको हो। यस योजनामा, ९२ करोड रुपैयाँ वाणिज्य बैंकहरुमा, १७ करोड २५ लाख रुपैयाँ राष्ट्रियस्तरीय विकास बैंकहरुमा, र ५ करोड ७५ लाख रुपैयाँ वित्त कम्पनीहरुमा निक्षेपका रुपमा जम्मा गरिने छ।

    निक्षेपको अवधि ३६६ दिनको रहने छ र २०८२ चैत ९ गतेसम्म यो रकम जम्मा गरिने छ। बैंक र वित्तीय संस्थाले ३ मार्च ५ गते बेलुका ७ बजेभित्र प्रस्ताव पेश गर्नुपर्ने छ, जसमा प्रस्तावित रकम र ब्याज दरको विवरणसमेत सामेल हुनुपर्नेछ।

    यो अवसर प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्थाले केही शर्तहरु पूरा गर्नुपर्ने छन्। तीमध्ये प्रमुख शर्तहरुमा कम्तिमा २ वर्षको सञ्चालन अनुभव, न्यूनतम पुँजी कोषको कायम हुनु, निष्कृय कर्जाको अनुपात कुल कर्जा सापटीको ८ प्रतिशतभन्दा कम र खुद निष्कृय कर्जाको अनुपात ३ प्रतिशतभन्दा कम हुनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij