Logo

Apr 27 2025 | २०८२, वैशाख १५गते

Apr 27 2025 | २०८२, वैशाख १५गते

images

भारतीय पर्यटकहरूले खुद्रा खर्च  सबै भन्दा बढी  पशुपति क्षेत्रमा  गर्छन्

भारतीय पर्यटकहरूले खुद्रा खर्च  सबै भन्दा बढी  पशुपति क्षेत्रमा  गर्छन्

  • काठमाडौँ । भारतीय पयर्टकहरूले खुद्रा खर्च सबै भन्दा बढी पशुपति क्षेत्रमा गर्ने गरेको देखिएको छ । नेपाल आएका भारतीय पर्यटकहरूले एक वर्षमा क्यू आर कोडबाट गरेको खुद्रा खर्चको हिसाब अनुसार सबै भन्दा बढी पशुपति क्षेत्रमा भएको देखिएको हो । एक वर्षमा  उनीहरूले १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम क्यूआरमार्फत भुक्तानी गरेका छन्। फोन पे क्यूआरबाट  ५ लाख ६० हजारभन्दा बढी कारोबार भइ एक अर्ब ६० करोड रुपैयाँ बढी भुक्तानी कारोबार भएको हो ।

    गत वर्षबाट भारतीय पर्यटकहरुले नेपालमा क्यूआरमार्फत भुक्तानीको सेवा पाउन थालेका थिए। फोन पेका अनुसार भारतीय पर्यटकहरुले क्यूआर प्रयोग गरेर सर्वाधिक रिटेल आउटेलमा भुक्तानी गरेका छन्। त्यो  हिस्सा २७ प्रतिशत छ। यस्तै, भारतीयहरुले रेष्टुरेन्टमा १९.६८ प्रतिशत र होटल तथा रिसोर्टमा १५.४ प्रतिशत हिस्सा फोनपे क्यूआरबाट भुक्तानी गरेको पाइएको छ । 

    प्रदेशअनुसार फोनपे क्यूआर प्रयोग गरेर भारतीयहरुले बागमतीमा सबैभन्दा धेरै  हिस्सा ४४ प्रतिशत भुक्तानी भएको  छ। त्यसपछि भारतीयहरुले गण्डकीमा १५, सुदूरपश्चिममा १४, लुम्बिनी र मधेशमा ९÷९, कोशीमा ८ र कर्णालीमा १ प्रतिशत फोन पे क्यूआर प्रयोग गरेर खुद्रा खर्च भुक्तान  भएक छन्।भुक्तानीका हिसाबले भारतीय पर्यटकहरुले धेरै खर्च गर्ने ठाउँहरूमा  पशुपतिनाथ मन्दिर, ठमेल, लेकसाइड (पोखरा), जोमसोम र सीमा क्षेत्रका आँखा अस्पताल रहेको फोनपेले जनाएको छ।देशभर ६७ हजारभन्दा बढी मर्चेन्टले यूपीआई भुक्तानी स्वीकार गर्छन्। यसको पहुँच डोल्पा, अछाम र बझाङका विकट क्षेत्रहरुमा पनि पुगेको छ ।

    भारतीय पर्यटकहरुले २५ रुपैयाँको एक कप चियादेखि १ लाख ६० हजार रुपैयाँसम्मको ट्रेकिङ एड्भेन्चरका लागि फोनपे प्रयोग गरेर क्रस बोर्डर क्यूआर भुक्तानी गरेको कम्पनीले जनाएको छ। फोनपेका अनुसार भारतीयहरुले एभरेष्ट बेस क्याम्प रहेको १३ हजार फिटमाथि पनि यूपीआई भुक्तानी गर्न सक्छन्।

    भारतीयहरुले फोन पे नेटवर्क प्रयोग गरेर गरेका भुक्तानीमध्ये ४२ प्रतिशत एक हजारदेखि ५ हजार रुपैयाँसम्मका छन्। यो खानपिन, सपिङ र यात्रामा खर्च गरिएको छ। ४८ हजारभन्दा बढी भारतीय पर्यटकहरुले आफ्नो नेपाल भ्रमणका क्रममा ३ पटकभन्दा बढी यूपीआई कारोबार गरेका छन्।नेपाल र भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच २०८० भदौमा सम्झौता भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij