Logo

Mar 17 2025 | २०८१, चैत ४गते

Mar 17 2025 | २०८१, चैत ४गते

images

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । 

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुुझाएको हो ।

     सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुुभकामना दिनुुभयो । महासङ्घको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij