Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images
भन्सार कार्यालयमा बेथिति

राजस्व अनुसन्धान विभागले भन्सार जाँचपास भएका मालवस्तु नियन्त्रणमा लिएपछि  त्रिविस्थल भन्सार कार्यालयका कर्मचारीहरू बीच  बबण्डर, काम नै ठप्प

राजस्व अनुसन्धान विभागले भन्सार जाँचपास भएका मालवस्तु नियन्त्रणमा लिएपछि  त्रिविस्थल भन्सार कार्यालयका कर्मचारीहरू बीच  बबण्डर, काम नै ठप्प

  • काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भन्सार चेकजाँच गरी छाडेका मालवस्तु राजस्व अनुसन्धान विभागले  पक्राउ गरेपछि विमानस्थल भन्सार कार्यालयमा बबण्डर मच्चिएको छ । पीआरसी इन्टरप्राइजेजका सञ्चालक पर्शुराम चौधरीले ल्याएका कपडा तथा मालवस्तुहरू त्रिवि भन्सार कार्यालयले चेकजाँच गरी छाडेको थियो । उक्त मालवस्तु राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    पीआरसी इन्टरप्राइजेजले ल्याएका कपडा, चश्माका फ्रेमहरू अहिले पनि राजस्व अनुसन्धान विभागको प्राङ्गणमा अनुसन्धानको क्रममा छन् । यसअघि पनि पटक पटक एयरपोर्ट भन्सार कार्यालयबाट छुटेका मालवस्तु राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर थप अनुसन्धान र  कारबाही गर्दै आएको थियो । राजस्व अनुसन्धान विभागले एयरपोर्ट भन्सार कार्यालयबाटै आएका ड्रोनहरूको आयात र कारोबारहरूमा ठूलो मात्रामा राजस्व छली भएको आशंकामा एक फर्ममा छापा हानेको छ । छापा हानेर राजस्व अनुसन्धान विभागले उक्त फर्मको कारोबारसम्बन्धी कागजात ,मोबाइल र कम्प्युटर नियन्त्रणमा लिएको छ ।

    ड्रोन आयात र कारोबारमा संलग्न दिपेश चालिसेलगायत अन्य ड्रोनका कारोबारी र फर्महरूमा राजस्व अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भन्सार जाँचपास भएर छुटेका सामानहरू राजस्वले नियन्त्रण गर्न लागेपछि  विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू बीचमै बबण्डर भएको छ ।

    भन्सार कार्यालयका उपसचिव शान्तिराम निरौँलाको निर्देशन र सेटिङमा मालवस्तुहरूको न्यून मूल्यांकन गरी  छुटेको र राजस्वले पटक पटक समाउने गरेको विषयमा भन्सार कार्यालय भित्र कर्मचारीहरू बीच नै  बबण्डर हुँदा हिजो केही समय भन्सार कार्यालयको कामै ठप्प भएको स्रोतले बताएको छ । त्रिवि भन्सार कार्यालयमा  कर्मचारीहरूको स्वार्थ बाझिँदा वैदेशिक रोजगारमा गएका सैयौँ नेपालीहरूले ल्याएका र पठाएका मालवस्तुहरू अहिले  सहज तरिकाले छुट्न सकेका छ्रैनन् ।यस्ता सामानहरूले गोदाम नै भरिन लागेको छ  ।

    तर भन्सार कर्मचारी र केही स्वार्थ समूहको स्वार्थ बाझिँदा र चलखेलका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा भन्सार जाँचपासमा कठिनाइ भएको पीडितहरूको गुनासो छ ।यससम्बन्धमा त्रिवि भन्सार कार्यालयका उपसचिव शान्तिराम निरौँलासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij