Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

रसुवा नाकाबाट निर्यात दोब्बर

रसुवा नाकाबाट निर्यात दोब्बर

  • काठमाडौँ ।रसुवा भन्सार नाकाबाट निर्यात  पोहोरका तुलनामा दोब्बर भएको छ ।भन्सार विभागको तथ्यांकमा रसुवा भन्सार नाकाबाट निर्यात दोब्बर भएको देखिएको हो ।चालु आवको ८ महिनामा रसुवा भन्सार नाकाबाट २ अर्ब ६४ करोड रुपैयाँको स्वदेशी उत्पादित वस्तु निर्यात भएको छ। गत वर्ष सोही अवधिमा १ अर्ब ५३ करोड रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा उक्त भन्सारबाट निर्यात बढेको देखिएको हो ।

    उत्तरी तर्फको तातोपानी भन्सार नाकाले साउनदेखि फागुनसम्ममा १० अर्ब ७४ करोड रुपैयाँको राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षमा २१ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गर्ने उक्त कार्यालयको लक्ष्य छ। लक्ष्यअनुसार हालसम्म ४९.४२ प्रतिशत प्रगति भएको भन्सारले जनाएको छ।

    फागुन महिनामा मात्रै १ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। ८६ करोड ४३ लाख रुपैयाँमात्र संकलन भएको छ।तातोपानी भन्सार नाकाबाट यातायातका साधन र पाटपुर्जा, तयारी कपडा ,जुत्ताचप्पल, फलफूल, इलेक्ट्रिकल वस्तु, मेसिनरी उपकरण, ड्राइफ्रुट्स, प्लाष्टिकका सामान, सुती र सेन्थेटिक कपडा ,फलाम र फलामका सामाग्री, खेलौना, काँच ,हाते झोला र स्वास्थ्य उपकरण लगायतका सामान आयात भएको छ।

    त्यस्तै रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुन महिनासम्म १९ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो भन्सारको यस अवधिसम्म १९ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गर्ने थियो।लक्ष्यअनुसार ९८ प्रतिशत राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ। फागुन महिनामा मात्र २ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा १ अर्ब ९९ करोड मात्र राजस्व उठेको छ।

    चालु आर्थिक वर्ष ३० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रसुवा भन्सार कार्यालयको छ। गत आर्थिक वर्षको फागुन महिनासम्म कार्यालयले १२ अर्ब ७० करोड भन्सार संकलन गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij