Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

फागुनमा आयात ९ अर्बले घट्यो , निर्यातमा ५७% ले वृद्धि

फागुनमा आयात ९ अर्बले घट्यो , निर्यातमा ५७% ले वृद्धि

  • काठमाडौँ । चालु आर्थिक वर्ष फागुन महिनामा  आयात घटेको छ। मंसिरदेखि माघसम्म निरन्तर उकालो लागेको आयात फागुनमा फेरि ओरालो लागेको हो।भन्सार विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार फागुनमा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो रकम माघको तुलनामा ९ अर्बले कम हो।

    चालु वर्ष ८ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ। आयात पोहोर ८ महिनाको तुलनामा ११.२० प्रतिशतले वृद्धि भएको हो।निर्यातमा भने उल्लेख्य सुधार देखिएको छ। विभागका अनुसार निर्यात ५७ प्रतिशतले बढेको छ। पोहोर ८ महिनामा १ खर्ब ६१ करवडको वस्तु निर्यात गरिएकामा यसपालि सोही अवधिमा निर्यातबाट १ अर्ब ५८ अर्ब १७ करोड रुपैयाँ भित्रिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij