
काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवल चोरी तस्करी नियन्त्रण गर्न आक्रामक देखिएको छ ।चोरी तस्करी नियन्त्रणका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलले गश्ती परिचालन तथा निगरानी तीव्र बनाएको छ । कार्यालयले केही समय यता विभिन्न खाद्य वस्तुहरू चिनी , मटर, चिनी, काजु बदाम, गहँु, तोरीलगायतका खाद्य वस्तुहरू नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
रुपन्देहीका सीमा नाका बाट मटर तस्करी गरि देशका अन्य शहरहरुमा ओसारपसार गरिरहेको सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवलले गश्ती , निगरानी र अनुगमनलाई तीव्रता दिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले नयाँ सडकलाई बताए । यसअघि राजस्व अनुसन्धान कार्यालय बुटवलले ५० लाख बढी जरिवाना तिराएको छ । बाँकी चोरी तस्करीका सम्बन्धमा अनुसन्धान भइरहेको बुटवल कार्यालय स्रोतले जनाएको छ ।
गत साता बुटवल भैरहवा राजमार्गको ठुटी पिपल स्थित चौधरीको घरमा अवैध चोरी तस्करीका सामाग्री खाद्यान्न गोदाम गरी राखेको सूचना प्राप्त भएको थियो । त्यसपछि खटी गएको टोलीले दुईजना भारतीय बाइक प्रयोग गरी ओसारपसार गर्दै भण्डारण गरिरहेको अवस्थामा पक्राउ गरी सम्पूर्ण खाद्यवस्तुहरू जफत गरेको छ । साथै उनीहरूबाट २७ लाख ५० हजार जरिवाना असुल गरिएको छ ।
२७ लाख बराबरको खाद्यान्न समेत जफत गरिएको छ। यस्तै कार्यालयले विगत ६ महिनामा १७५० बोरा भारतबाट अवैध भित्रिएको चिनी बरामद गरी जरिवाना बापत ७० लाख तिराइएको छ जनाइएको छ । बुटवल कार्यालयले फर्मका साहुहरु भागिरहेको र थप आक्रमक प्रयास गरि जरिवाना असुल उपर गर्नु पर्ने जनाएको छ। यसै हप्ता मात्रै १४५ बोरा चिनी बरामद गरी सवारी साधन सहित नियन्त्रणमा राखिएको छ। हाल गहँु तोरी लगायत वस्तुहरु भन्सार छली ल्याउने र महँगो मूल्यमा बिक्री बितरण गर्ने गरिएको सूचनापछि कार्यालयबाट नियमित र आकस्मिक गश्ती परिचालन, सुराकी परिचालन र सूचना सन्कलन गरि कारबाही अघि बढाइएको र यसलाई निरन्तरता दिने समेत कार्यालय स्रोत जनाएको छ । विभागमार्फत जरिवाना तिराएर वा अदालतमा मुद्दा दायर गरेर कारवाही गरिएको र हालसम्म ८ वटा मुद्दा दर्ता भइ निकट भविष्यमा १० वटा मुद्दा दर्ता हुने चरणमा रहेको समेत बताइएको छ
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij