Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

राजस्व अनुसन्धान कार्यालय कोहलपुरद्वारा सुनको अवैध ओसारपसार गर्ने रञ्जित रसाइली विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान कार्यालय कोहलपुरद्वारा सुनको अवैध ओसारपसार गर्ने रञ्जित रसाइली विरुद्ध मुद्दा दायर

  • कठमाडौँ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरले डेढ अर्ब  बढी बिगो र जरिवाना मागदाबीसहित राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ ।सुनको अवैध ओसारपसार गरी राजस्व चुहावटको कसुरमा घोराही उपमहानगरपालिका वडा न १४ बस्ने रञ्जित रसाइली विरुद्ध उच्च अदालत तुलसीपुर दाङ इजलासमा चैत ६ गते उक्त मुद्दा  दायर गरिएको हो ।राजस्व अनुसन्धान विभागको प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार प्रतिवादी रंजित रसाइलीबाट बरामद भएको सुनको सम्बन्धमा अनुसन्धान गर्दा प्रतिवादीसँग सुन खरिद गरेको पुष्ट्याई गर्ने प्रमाणहरु नरहेको तथा प्रतिवादीले चोरी पैठारी गरी ल्याएको पुष्टि हुने देखिएको जनाइएको छ ।

    प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीतको कार्य गरी दफा ४ (ख), ४(ख) र ४ (२) बमोजिमको कसुर गरेकोले उक्त कसुरमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(६१) बमोजिम  एकहत्तर लाख त्रियासी हजार एक सय त्रिसट्ठी बिगो कायम गरी प्रतिवादीलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) बमोजिम बिगो जफत हुन र बिगोको शतप्रतिशत जरिवाना  एकहत्तर लाख चियासी हजार एक सय त्रिसट्ठी गरी कुल एक करोड त्रिचालीस लाख छैसट्ठी हजार तीन सय छबीस  तथा सोही  ऐनको दफा २३(१) (क) बमोजिमको हदैसम्मको सजायको मागदाबी लिई उच्च अदालत तुलसीपुर, दाङमा अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij