Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि: चालु आर्थिक वर्षमा ३२ अर्ब ३२ करोडको लक्ष्य पार

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि: चालु आर्थिक वर्षमा ३२ अर्ब ३२ करोडको लक्ष्य पार

  • वीरगञ्ज ।वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । 

    भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ ।  

    कार्यालयले गत साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो । असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो ।

    यसैगरी, गत मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड र फागुनमा रु चार अर्ब ६८ करोड राजस्व सङ्कलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै सङ्कलन भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij