Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

संस्कार ट्रेडर्सका सञ्चालक होमप्रसाद चालिसे विरुद्ध साढे ५ करोडको बिगो दाबीसहित राजस्व चुहावट मुद्दा दायर

संस्कार ट्रेडर्सका सञ्चालक होमप्रसाद चालिसे विरुद्ध साढे ५ करोडको बिगो दाबीसहित राजस्व चुहावट मुद्दा दायर

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले मदिरा आपूर्ति गर्ने एक कम्पनीलाई  राजस्व चुहावट कसुरमा साढे पाँच करोड बढीको मागदाबी गरी मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले मदिरा सप्लाई गर्दै आएको संस्कार ट्रेडर्सका संचालक होमप्रसाद चालिसे विरुद्ध मुद्दा१० गते चैतमा  दायर भएको  जनाएको हो ।

    मदिराको बिक्री वितरणमा राजस्व चुहावट गरेको भन्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ५ करोड ५१ लाख १८ हजार ४५२ रुपैयाँ बिगो माग दाबी गर्दै अभियोगपत्र दायर गरेको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  चालिसेमाथि संस्कार ट्रेडर्स नामको फर्म मार्फत् बिल बीजक जारी नगरी मदिराजन्य पदार्थहरु बिक्री गरि मूल्य अभिवृद्धि कर राजस्व छली गरेको आरोप छ।

    यसैगरी  उनले अन्तःशुल्कजन्य पदार्थ (मदिरा)को अन्तःशुल्क प्रणालीमा प्रविष्टि नगरी चोरी निष्काशन गरि अन्तःशुल्क राजस्व छली गरेको अनुसन्धानमा देखिएको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा बिगो २ करोड ७५ लाख ५९ हजार २ सय ४५ रुपैया ६२ पैसा बिगो र बिगोको शतप्रतिशत जरिवाना माग दाबी गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij