
ललितपुर । महालक्ष्मी नगरपालिकाको हिजोदेखि सडकखण्ड अवरुद्ध गरिएको छ । महालक्ष्मी नगरपालिकाको कृष्णमन्दिर चोकबाट पवनप्रकृति स्कूल जानेबाटोको साढे सातसय मिटरको बाटोमा अवरोध खडा गरिएको हो ।
स्थानीयहरूले बाटो बनाउन ढिला गरेको भन्दै बाटो बन्दगरी विरोध प्रदर्शन गरिएको नगरपालिका वडा न ५का वडा अध्यक्ष कपिल केसीले बताएका छन् ।
अध्यक्ष केसीका अनुसार बाटो खुलाइ काम गर्ने ठेकदारलाई काम गर्न पाउने वातावरण मिलाउन प्रयास भइरहेको छ ।यो सडक खण्डको बाटो बनाउने ठेक्का महर्जन कन्स्ट्रक्सनको रहेको छ । महर्जन कन्स्ट्रक्सनले यो सडक खण्डको काम पुस मसान्तमा सक्नुपर्ने थियो । सडकको ढल निकासको डिजाइन तयार भएको थिएन् । यसको डिजाइन तयारमा भएको ढिलाइले यो काम ढिला हुन गएको वडा अध्यक्ष केसीको भनाइ छ । थपिएको समय असार मसान्तसम्मको रहेको छ । महर्जन कन्स्ट्रक्सनका प्रमुख वीरेन्द्र महर्जनले बाटो खुलाइ दिए काम गर्न आफू तयार रहेको बताएका छन् ।
प्रमुख महर्जनको भनाइ उल्लेख गरी वडा अध्यक्ष केसीले नयाँ सडकसँगको कुराकानीमा जानकारी दिएका छन् । धुलो उडेर यो खण्डमा पसल खोल्ने , बस्ने र यात्रुहरूलाई सास्ती खेप्नु परेको छ । हिजो देखि बन्द भएको बाटो खुलेको छैन् । लगनखेलबाट चाङ्गाथलीसम्म जाने बस पनि यो बाटोमा गुडेको छैन् । यसले पनि यस सडकसँग जोडिएका बासिन्दालाई थप कठिनाइ पुगेको छ । सरोकारवालाले यसको सही उपाय खोजी बाटो सुचारु गराउन आम जनताको माग रहेको छ । नगरपालिकाका मेयरलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुनसकेको छैन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij