Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

तीनकुनेमा प्रहरी र राजावादी बीच झडप, बल प्रयोग गर्दै नियन्त्रणको प्रयास

तीनकुनेमा प्रहरी र राजावादी बीच झडप, बल प्रयोग गर्दै नियन्त्रणको प्रयास


  • काठमाडौं । काठमाडौंको तीनकुनेमा आज राजावादीहरूको आमसभामा प्रहरीले बल प्रयोग गरेपछि तनावको स्थिति उत्पन्न भएको छ। राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै आयोजित प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए।प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा, राजावादीहरूले प्रहरीलाई ढुंगामुढा गरेका भने प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै भीडलाई तितरबितर पारेका छन्। यस क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रदर्शनका क्रममा दुर्गा प्रसाईंको गाडीमा तोडफोड भएको छ, र प्रदर्शनकारीहरूले अझै प्रहरीलाई ढुंगामुढा गरिरहेका छन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij