Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु आदेश

तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु आदेश

  • काठमाडौँ ।काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । काठमाडौँ  तीनकुनेमा  राजावादी प्रदर्शनकारीले घरहरूमा तोडफोड र आगजनी गरेपछि तनाव कम गर्न कर्फ्यू आदेश जारी गरिएको हो ।  विभिन्न ठाउँबाट ¥यालीसहित तीनकुने आएर सभामा परिणत हुने पूर्व जानकारी अनुसार कार्यक्रम बढ्नु भन्दा  पहिले नै भीड भड्कियो ।

    उनीहरूले तीनकुने सडक किनारमा रहेका घरहरूको सिसा फुटाएका हुन् । तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि स्थिति तनावग्रस्त बन्न पुगेको हो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।यो  प्रहरीको गोली लागी एक जना घाइते भएको र गम्भीर घाइते भएको जनाइएको छ । तर यसको स्वतन्त्र पुष्टि गरिएको छैन् ।

    नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij