Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष दाहालको माग

तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष दाहालको माग

  •  

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको  छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ । 

     

    नेकपा ९एकीकृत समाजवादी केन्द्र०को कार्यालयमा आक्रमणबाट भएको क्षतिबारे आज बिहान निरीक्षण गरेपछि भएको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उहाँले दोषीलाई कारबाहीको माग गर्नुभएको हो । उहाँले असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । 

     

    बैठकपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको सरकारले गम्भीर रुपमा समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई सुझाव दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij