Logo

Apr 17 2025 | २०८२, वैशाख ५गते

Apr 17 2025 | २०८२, वैशाख ५गते

images

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

  •  

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल सुरु गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

     

    बैठकअघि सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुसँग संसद् भवन नयाँ बानेश्वरमा सुरु गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ । बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का मुख्य सचेतक महेश बर्तौला, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी हुनुहुन्छ । 

     

    सङ्घीय संसद् विपक्षी दलहरुको अवरोधका कारण दुई पटक बैठक स्थगित भइसकेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij