Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

संघीय अस्पतालको कुल आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गरिने

संघीय अस्पतालको कुल आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गरिने

  • काठमाडौँ ।संघीय अस्पतालको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गरिने भएको  ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारका लागि संघीय अस्पताल विकास समितिको कुल आम्दानीको १ प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका हुन्।

    मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरेका हुन्। मन्त्रालयको यस तयारीमा अर्थ मन्त्रालयले सहमति समेत दिइसकेको जनाइएको छ ।

    यो निर्णयबाट  स्वास्थ्य बीमा बोर्डलाई थप स्रोत पाउने बाटो खुलेको मन्त्रालयले जनाएको छ। हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयस्रोत रहिआएको  थियो।स्वास्थ्य मन्त्री पौडेलका अनुसार यो निर्णयसँगै कोषमा केही रकम थप हुने देखिएको छ। स्वास्थ्य बीमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिने सरकारको  विश्वास छ । यो कोष बलियो पार्न सानो विन्दुबाट सुधार थालिएको छ ।

    मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधारका काम सरकारले अघि बढाउने जानकारी सार्वजनिक गरेका छन् ।मन्त्री पौडेलका अनुसार  प्रगतिशिल प्रिमियम, राज्यका विभिन्न स्वास्थ्य बीमा योजनाको रकमका अतिरिक्त सरकारले दिंदै आएको उपचार सहायता तथा विभिन्न तहका सरकारका नागरिक उपचार सहायतासमेत थपेर कोष बलियो पार्न सकिने छ ।  स्वास्थ्य बीमा कोष बलियो पार्न अहिलेको निर्णयले योगदान दिने विश्वास मन्त्रालयको रहेको  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij