Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

नेपाली बजारमा एथर   २०२५ मोडलका स्कुटर  सार्वजनिक

नेपाली बजारमा एथर   २०२५ मोडलका स्कुटर  सार्वजनिक

  • काठमाडौँ ।  एथरले नेपाली बजारमा आफ्नो   २०२५ मोडलका स्कुटर  सार्वजनिक गरेको छ । एथर ४५० सिरिजका दुई स्कुटरको २०२५ मोडलका सार्वजनिक गरिएका हुन् । भारतीय स्कुटर ब्राण्ड एथरको नेपालका लागि आधिकारिक बिक्रेता बैद्ययज् अर्गनाइजेशन अन्तर्गतको वैद्य इनर्जीले अपडेट सहितको एथर ४५० एक्स र ४५० एस सार्वजनिक गरेको हो ।

    atther.jpg

    कम्पनीले अपडेटेड भर्सन स्कुटरको मूल्य ४० हजार रुपैयाँले घटाएर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको नयाँ स्कुटरमा तीन मोडमा ट्रयाक्सन कन्ट्रोल, एथर स्ट्याक ६, वृद्धि भएको १६१ किलोमिटरसम्मको आइडिसी रेन्ज र नयाँ कलर अप्सन रहेको छ ।

    ather2.jpg

    अपडेट सहितको एथर ४५० एक्सको २.९ किलोवाट ब्याट्री भर्सनको मूल्य ३ लाख ६४ हजार ९९९ रुपैयाँ, ४५० एक्स ३.७ किलोवाट आवर ब्याट्रीको ३ लाख ९९ हजार ९९९ र ४५० एसको २.९ किलोवाट आवर ब्याट्री भर्सनको मूल्य ३ लाख २४ हजार ९९९ रुपैयाँ तोकेर सार्वजनिक गरिएको हो ।

    कम्पनीले बिक्री गर्ने एथर ४५० एक्सको टप भेरियन्टको मूल्य यसअघि ४ लाख ३९ हजार ९९९ रुपैयाँ रहेको थियो ।  स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै वैद्य इनिर्जका प्रबन्ध निर्देशक शूर्यान्स बैद्यले नेपालमा ईभी स्कुटर बिक्री नहुनका तीन कारण दर्शाएका थिए ।

    बैद्यले सर्भिस, ब्याट्री एस्योरेन्स तथा चार्जिङमा समस्या रहेको कारण विद्युतीय स्कुटर बिक्री नभएको बताए । त्यसका लागि एथरले हालसम्म २१ स्थानमा फास्ट चार्जर स्थापना गरिसकेको र छिट्टै १०० स्थानमा फास्ट चार्जर राखिने बताए ।

     नेपालमा स्कुटर बिक्री सुरु गरेको १६ महिनामा एथरलाई नम्बर वान कम्पनी बनाउन सफल भएको समेत बताउँदै उनले  एथरले २०२६ को अन्तिमसम्म एथर प्रयोग कर्तालाई निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराउने घोषणा समेत बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij