Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

जापानमा पर्यटकको वृद्धि, होटल बसाइँमा ऐतिहासिक रेकर्ड

जापानमा पर्यटकको वृद्धि, होटल बसाइँमा ऐतिहासिक रेकर्ड

  • टोकियो ।फेब्रुअरीमा जापानका होटलहरूमा चार करोड ८३ लाख ३० हजार बसाइँ भएको छ, जसले अघिल्लो वर्षको सोही महिनाको रेकर्ड तोडेको छ ।

    जापान पर्यटन एजेन्सीका अनुसार विदेशी पर्यटकहरूको आगमन बढ्दा होटल बसाइँको माग उच्च भएको छ ।

    गत महिनामा मात्र विदेशी पर्यटकहरूको ओभरनाइट बसाइँ एक करोड ३३ लाख पुगेको थियो, जुन अघिल्लो वर्षभन्दा १५.५ प्रतिशत धेरै हो । यो हालसम्मकै उच्च सङ्ख्या हो ।

    अत्यधिक पर्यटनले स्थानीय समुदायमा प्रभाव पार्न थालेपछि जापान सरकारले विदेशी पर्यटकहरूलाई क्षेत्रीय स्थानहरूमा भ्रमण गर्न प्रोत्साहित गरिरहेको छ ।

    पर्यटन एजेन्सीका अनुसार यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन ठूलो भूमिका खेल्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij