Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्दै

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्दै

  • काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्नको लागि ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकका अनुसार, यो निक्षेप संकलन उपकरणको बोलकबोल आज, चैत २० गते हुनेछ। इच्छुक बैंक र वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

    बैंकिङ प्रणालीमा अत्यधिक तरलता बनेको स्थिति ध्यानमा राख्दै, केन्द्रीय बैंकले यस अघि पनि तरलता व्यवस्थापनका लागि पटकपटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ। यसअघि गत आइतबार पनि २५ अर्ब रुपैयाँको तरलता तानिएको थियो।

    केन्द्रीय बैंकले २१ दिनको अवधि राखेर निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो। ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ, र ब्याज र साँवा भुक्तानी मिति वैशाख १० गते तय गरिएको छ। बैंक तथा वित्तीय संस्थाले कम्तिमा १० करोड र अधिकतम ५ करोडको माग गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij