Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

भाटभटेनीका सञ्चालकद्वारा राजावादीसँग भिड्नेसुरक्षा गार्डलाई पाँच तह बढुवासहित पाँच लाख पुरस्कार, ज्यान गुमाउनेलाई आर्थिक सहयोग

भाटभटेनीका सञ्चालकद्वारा राजावादीसँग भिड्नेसुरक्षा गार्डलाई पाँच तह बढुवासहित पाँच लाख पुरस्कार, ज्यान गुमाउनेलाई आर्थिक सहयोग

  • काठमाडौँ । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले राजावादी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।१५ चैतमा राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनामा ज्यान गुमाए दुई मध्ये एक एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सवारी मजदुर सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत दिने सञ्चालक गुरुङले घोषणा गरका हुन् ।

    bhatbhateni3.jpg


    आज बुधबार कोटेश्वर भाटभटेनीमा आयोजित कार्यक्रममा गुरुङले रजक र महर्जनको परिवारलाई उक्त रकम प्रदान गर्ने घोषणा गरे । कोटेश्वर भाटभटेनीमा सोही दिन भएको तोडफोड र लुटपाट गर्न आएको समूहसँग प्रतिकार गरेका सुरक्षागार्डहरू सहित अन्य कर्मचारीलाई गुरुङ नगद पुरस्कारबाट सम्मान गरेका थिए ।  कार्यक्रममा सुरक्षा गार्ड दुल प्रसाद पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कारसहित पाँच तह बढुवा दिएको सञ्चालक गुरुङ घोषणा गर्दै सम्मान गरेका थिए ।

    bhatbhateni1.jpg

    उक्त समारोहमा सञ्चालक गुरुङले समयमा सरकारले कारबाही नगर्दा गुण्डाको राज बढेको बताए । दुर्गा प्रसाइँ गुण्डा नाइके भएको भन्दै राज्यले तिनलाई कारबाही नगर्दा यस्तो अवस्था आएको गुरुङले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij