
काठमाडौँ । इलेक्ट्रिक्स / इलेक्ट्रोनिक्स वस्तुको कारोबार गर्ने ‘जान्वी ग्रुप’ (JANVI GROUP) र उसका सिस्टर कम्पनीहरूले राजस्व छली गरेको पाइएको छ । इलेक्ट्रिक्स र इलेक्ट्रोनिक्स वस्तुहरूको हब मानिने काठमाडौँको भोटेबहाल( बिजुली बजार)मा रहेको जान्वी ग्रुपको नामबाट चिनिने मित्तल ओभरसिज प्रालि र जान्वी ग्रुप अन्तर्गतकै प्लास्टोक्याब प्रालिले इलेक्ट्रिक्स /इलेक्ट्रोनिक्सका विभिन्न मालवस्तु आयात तथा बिक्री वितरण गर्दा ठूलो मात्रामा राजस्व छली गर्ने गरेको पाइएको हो ।
नयाँ सडक डटकमलाई प्राप्त समाचारमा जान्वी ग्रुप अन्तर्गतको कम्पनी जान्वी प्लास्टोक्याब प्रालिले चाइनाबाट एलईडी बल्ब तयार गर्ने पार्टपुर्जाहरू अत्यन्तै न्यून मूल्यमा ल्याउने र यहाँ पार्टपुर्जा जोडजाड पारेर महँगो मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ । जान्वी प्लास्टोक्याबले एलईडी बल्बमा लाग्ने पार्टपुर्जाहरू किलोग्राम (केजी)मा ल्याउने गरेको र यहाँ गोटामा बेच्ने गरेको पाइएको छ । उसले भन्सार छुटाउँदा कच्चा पदार्थको रूपमा छुटाउने र यहीँ एसेम्बलिङ गरेर महँगो मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ । नयाँ सडकलाई प्राप्त समाचारमा उसले एलईडी बल्बमा प्रयोग हुने रेडिमेड पार्टपुर्जा प्रतिकेजी अमेरिकी डलर २.५ देखि १० अमेरिकी डलरसम्ममा ल्याउने गरेको पाइएको छ । तर उसले बिक्री गर्दा भने गोटाको आधारमा बिक्री गर्ने गरेको व्यापारीहरूले नै नयाँ सडकलाई बताएका छन् ।
जान्वी प्लास्टोक्याबले एलईडी बल्बमा लाग्ने पार्टपुर्जाहरू किलोग्राम (केजी)मा ल्याउने गरेको र यहाँ गोटामा बेच्ने गरेको पाइएको छ । उसले भन्सार छुटाउँदा कच्चा पदार्थको रूपमा छुटाउने र यहीँ एसेम्बलिङ गरेर महँगो मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ । नयाँ सडकलाई प्राप्त समाचारमा उसले एलईडी बल्बमा प्रयोग हुने रेडिमेड पार्टपुर्जा प्रतिकेजी अमेरिकी डलर २.५ देखि १० अमेरिकी डलरसम्ममा ल्याउने गरेको पाइएको छ
यसअघि राजस्व अनुसन्धान कार्यालय बुटवलले ब्रिलियन लाइटिङ प्रालिले पनि यसैगरी कच्चा पदार्थ भनेर तयारी वस्तुहरू भित्र्याएकोमा अहिले राजस्व अनुसन्धान कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ । भैरहवाको सेजमा रहेको उक्त उद्योगले कच्चा पदार्थकोरूपमा पार्टपुर्जा आयात गरेर तयारी इलेक्ट्रिक्स/ इलेक्ट्रोनिक्स मालवस्तुहरू ल्याउने र कारोबार गरेको र भन्सार राजस्व छलेको पाइएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
काठमाडौँको ताहा गली (बिजुली बजार)मा रहेको जान्वी ग्रुपले पनि तयारी पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बलिङ गर्ने गरेको नारायणघाटका एक व्यापारीले बताए । दिलिप कुमार अग्रवालले सञ्चालन गरेको जान्वी ग्रुप र सो अन्तर्गतका सिस्टर कम्पनीहरू मित्तल ओभरसिज प्रालि र जान्वी प्लास्टोक्याबले पनि इलेक्ट्रिक्स र इलेक्ट्रोनिक्स वस्तुहरूको आयात र बिक्री वितरण गर्दा विगत लामो समयदेखि ठूलो मात्रामा भन्सार राजस्व छल्ने गरेको पाइएको छ । यस सम्बन्धमा जान्वी ग्रुपका सञ्चालक दिलिप कुमार अग्रवालले आफूहरूले ट्रेडिङको मात्र गर्ने गरेको बताएपनि अग्रवालले सञ्चालन गरेका कम्पनीहरूले ठूलो परिणाममा एलईडी बल्बका पार्टपुर्जाहरू, इलेक्ट्रिक्स /इलेक्ट्रोनिक्स मालवस्तुका पार्टपुर्जा ल्याउने गरेको पाइएको छ ।
यससम्बन्धमा राजस्व अनुसन्धान विभाग र भन्सार विभागका अधिकारीहरूसँग बुझ्न खोज्दा आज बिदा भएकाले सम्पर्क हुन नसक्ने एक कर्मचारीले बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij