Logo

Apr 07 2025 | २०८१, चैत २५गते

Apr 07 2025 | २०८१, चैत २५गते

images

साझा सहयात्री संस्थाका बालिकाहरूका लागि खाद्यान्न तथा न्यानो लुगा सहयोग

साझा सहयात्री संस्थाका बालिकाहरूका लागि खाद्यान्न तथा न्यानो लुगा सहयोग

  • काठमाडौँ । बालिकाहरूका लागि खाद्यान्न  तथा न्यानो लुगा सहयोग वितरण गरिएको छ । इमाडोल स्थित साझा सहयात्री संस्थाका बालिकाहरूलाई ती न्यानो लुगाहरू एक कार्यक्रमको आयोजना गरी दिइएको हो । 

    साहित्यकार अशोक शोकी , समाजसेवी पूर्णमान महर्जन र राममाया महर्जनले संयुक्तरूपमा ती  बालिकाहरूका लागि  खाद्यान्न तथा न्यानो लुगा उपलब्ध गराएका हुन् ।

    बालिकाहरूलाई आश्रय दिने साझा सहयात्री सस्थाकी सञ्चालिका गीता केसी ले सहयोग गर्नेहरूप्रति आभार व्यत्त गरेकी थिईन ।

    कार्यक्रममा संस्थाकी सञ्चालिकाहरूले बालिकाहरूको हेरचाह र शिक्षा दिक्षामा ध्यान दिने गरिएको बताएकी थिइन् । १५ बालिकाहरूको हेरचाह र शिक्षा दिक्षामा संस्थाले ध्यान दिइरहेको केसीले बताइन् ।

    २०७८ सालदेखि स्थापना भएको सो संस्थाले सेवा दिँदै आएको छ । उक्त कार्यक्रममा पत्रकार रत्नमणि दाहाल र रामदास महर्जनको उपस्थितिमा सम्पन्न गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij