
काठमाडौँ । नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट सहभागी हुने सदस्य फेरिएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले धनीराम शर्मालाई फिर्ता बोलाएर यज्ञप्रसाद भट्टराईलाई टेलिकमको सञ्चालक समिति सदस्य बनाइ पठाएका हुन्।टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयका एक सहसचिव सदस्य रहने वैधानिक व्यवस्था छ ।
अर्थमन्त्री पौडेलले शर्मालाई फिर्ता बोलाएर टेलिकममा पठाएका भट्टराई यसअघि अर्थ मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । शर्मा भने मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij